होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एक वर्षमा मुलुकको घाटा २ खर्ब ६५ अर्ब ६७ करोड
देश/प्रदेश

एक वर्षमा मुलुकको घाटा २ खर्ब ६५ अर्ब ६७ करोड

  • नागरिक रैबार
एक वर्षमा मुलुकको घाटा २ खर्ब ६५ अर्ब ६७ करोड

काठमाडौं : बितेको आर्थिक वर्षमा मुलुकले दुई खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार तथा ट्रान्सफर समावेश हुन्छ । चालु खाताको स्थितिले मुलुकको अर्थतन्त्र कति सशक्तता मापन गरिन्छ । चुलिँदो चालु खाता घाटाले अर्थतन्त्रमा आसन्न संकटको संकेत गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मुलुकको शोधनान्तर घाटा अर्थात् भुक्तानी सन्तुलनको स्थितिमा भने जेठ महिनाको भन्दा असार अन्तिममा केही सुधार देखाएको छ ।

विज्ञापन

गत आवको जेठ महिनामा ९० अर्ब ८३ करोड रूपैयाँ घाटामा थियो । सरकारले आर्थिक वर्षको अन्तिम महिना अर्थात् गतअसारमा २३ अर्ब रूपैयाँविदेशी सहायताको शोधभर्ना प्राप्त गरेकाले शोधनान्तर घाटा केहीकमभइ ६७अर्ब ४० करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ माशोधनान्तर ९६ करोड रूपैयाँ नाफामा थियो । चालु खाता र पुँजी तथा वित्तिय खाताले शोधनान्तरको स्थितिलाई देखाउँछ । पुँजी खातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक वित्तिय संस्था तथा निजी क्षेत्रले विदेशबाट ल्याएको ऋण समेत समावेश हुन्छ । पुँजीखाताको दायित्व दीर्घकालीन हुुन्छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा यसलाई अर्थतन्त्रको प्रबल सूचक मानिन्छ ।

गत आर्थिक वर्षमा विदेशी लगानी आप्रवाह पनि घटेको छ । समीक्षा अवधिमा १७ अर्ब ५१ करोड रूपैयाँ विदेशी लगानी आएको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुँदा पनि मुलुकको चालु खाता घाटा थप गहिरिएको छ । पछिल्लो समय सेवा व्यापारतर्फको घाटा पनि चुलिँदै गएको छ । समीक्षा अवधिमा सेवा व्यापारतर्फ १६ अर्ब ५२ करोड रूपैयाँ घाटा छ ।

गत आवमा विप्रेषण आप्रवाह ८ खर्ब ७९ अर्ब रूपैयाँ छ । अमेरिकी डलरमा पनि विप्रेषणको वृद्धिदर ७.८प्रतिशत छ भने नेपाली रूपैयाँमा १६.५ प्रतिशतको वृद्धिदर छ ।
उपभोक्ता मुल्यवृद्धि भने बढ्दै गएको छ । मुद्रास्फिति गत आवको अन्तिम महिनामा ६ प्रतिशत पुगेको छ । वर्षभरको औसत मुद्रास्फिति पनि २०७४–७५ को ४.२ प्रतिशतबाट वृद्धि भइ ४.६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा १४ खर्ब १९ अर्ब रूपैयाँको आयात र ९७ अर्ब ११ करोड रूपैयाँको निर्यात भइ व्यापार घाटा १३ खर्ब २१ अर्ब रूपैयाँ छ ।

गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेर ९ अर्ब ५० करोड अमेरिकी डलर छ । उपलब्ध सञ्चितिले ७.८ महिनाको आयात धान्न मात्र पर्याप्त हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ । समीक्षा अवधिमा प्रमुख आयातमा पेट्रोलियम, सवारी साधन, मेसिनरी, एमएस बिलेट र सुन छन् । यस्तै, प्रमुख निर्यातको सूचीमा कार्पेट, पोलिस्टर यार्न, जुट, जुस र अलैंची रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार