होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टेलिकमको नाफा ७ अर्ब घट्यो
समाचार

टेलिकमको नाफा ७ अर्ब घट्यो

  • नागरिक रैबार
टेलिकमको नाफा ७ अर्ब घट्यो

काठमाडौँ — सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा गत वर्ष ४२ प्रतिशतले घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत वर्षको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको खुद नाफा ७ अर्ब कम भएको छ ।

टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएकामा आर्थिक वर्ष २०७५/७६ मा नाफा घटेर १० अर्ब २० करोडमा घटेको छ । प्राधिकरणले चर्को प्रतिस्पर्धा, ओभर दी टप सेवाका कारण अन्तर्राष्ट्रिय कलमा आएको गिरावट, सरकारले वृद्धि गरेको करको कारण नाफा घटेको जनाएको छ ।

टेलिकमको नाफा मात्रै नभई आम्दानी पनिघटेको छ । गत आर्थिक वर्षमा टेलिकमलेकुल ४३ अर्ब ४८ करोड आम्दानी गरेको थियो । यसअघि टेलिकमको आम्दानी ४५ अर्ब २६ लाख थियो । टेलिकमको कुल आम्दानी घट्नुका साथै सेवाबाट प्राप्त हुने आम्दानी पनि घटदोअवस्थामा छ ।

विज्ञापन

गत वर्ष टेलिकमले सेवा बेचेर मात्रै ३६ अर्ब ७८ करोड आम्दानी गरेको थियो । जुन त्यसभन्दा अघिल्लो वर्षको भन्दा सवा २ अर्बले कम हो । टेलिकमले आर्थिक वर्ष २०७४/७५ मा सेवाबापत ३९ अर्ब आम्दानी गरेको थियो ।

टेलिकमको पछिल्ला वर्षयताको तथ्यांक केलाउँदा आम्दानी र नाफा घटदै गएको देखिन्छ । अघिल्लो वर्षको आम्दानी तीन वर्षयताकै न्यून हो ।

टेलिकमले गत आर्थिक वर्षमा आफ्नो नवीकरण शुल्कबापत सरकारलाई ४ अर्ब २ करोड रुपैयाँ बुझाएको छ । सरकारले टेलिकमलाई नवीकरण शुल्कबापत २० अर्ब ५ किस्तामा तिर्न सुविधादिएको छ । टेलिकमले सरकारलाई २ पटकको नवीकरण शुल्क तिर्न बाँकी छ । यसअघि नवीकरण शुल्क निर्धारण नहुँदा टेलिकमले करिब १९ करोड रुपैयाँ मात्रै बुझाएर अनुमति पत्र नवीकरण गरेको थियो ।

जानकारहरूका अनुसार टेलिकमको आम्दानी र नाफा घट्नुको प्रमुख कारण फोजी विस्तारमा ढिलाइ पनि हो । नेपालमा पहिलो पटक परीक्षणका रूपमा फोरजी सेवा सुरु गरेको टेलिकमले तीन वर्षयता कुनै पनि नयाँ ठाउँमा सेवा विस्तार गर्न सकेको छैन । आफूभन्दा कम ग्राहक आधार भएको एनसेलको भन्दा टेलिकमको आम्दानी घट्दै जान थालेको छ । टेलिकमभन्दा पछि फोजी सेवा सुरु गरेको एनसेलले देशका मुख्य २ दर्जनभन्दा बढी सहरमा सेवा विस्तार गरिसकेको छ ।

फोजीतर्फ एनसेलका ग्राहक करिब २८ लाख पुगिसकेको छ । टेलिकमका ग्राहक भने करिब ८ लाख हाराहारीमा मात्रै छन् । टेलिकमले काठमाडौं उपत्यका र पोखराबाहेक अन्य फोरजी सेवा विस्तार गर्न सकेको छैन ।

इन्टरनेटमार्फत हुने कुराकानीका कारण इन्टरकनेक्सनबाट हुने आम्दानी प्रभावित भएको कम्पनीले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा जनाइएको छ ।

टेलिकमको मोबाइल सेवातर्फ मात्रै २ करोड प्रयोगकर्ता रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । मोबाइलबाहेक टेलिकमका ल्यान्डलाइन, भिस्याट, सीडीएमतर्फ पनि ग्राहक छन् । सबै सेवा गरी टेलिकमको ग्राहक आधार २ करोड २४ लाखभन्दा बढी छ ।कान्तिपूरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार