होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • व्यवसायीद्धारा बजार बन्द गरेर खानेपानी मर्मत
समाचार

व्यवसायीद्धारा बजार बन्द गरेर खानेपानी मर्मत

  • नागरिक रैबार
व्यवसायीद्धारा बजार बन्द गरेर खानेपानी मर्मत

नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् ।
सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर मल्लले बताएका छन् ।
सदरमुकाम मार्तडीमा २ महिना भन्दा बढी दिन वित्न लाग्दा समेत बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी मर्मतमा व्यवास्था गरेपछि बजार बन्द गरेर खानेपानी मर्मत गरिएको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष मल्लले बताएका हुन् ।


शनिबार विहानैदेखि सदरमुकाम मार्तडी भित्रका करिब ५ सय बढी व्यवासयीहरुले मार्तडी बजार एकदिनका लागि पूर्णरुपमा बन्द गरेर विहान बजार सरसफाई र व्यक्तिगत सरसफाई गरेका थिए भने दिउसो मार्तडीको खानेपानी मर्मत गरेका थिए ।
यस अघि मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको दोश्रो शनिबार एकदिनका लागि सदमुकाम मार्तडी बजार बन्द गर्ने निर्णय गरेको थियो ।


महिनाको एकदिन बजार बन्द गरेर बडीमालिका नगरपालिकालाई स्वच्छ सफा बनाउन सहयोग गर्ने र बजार बासीहरुलाई प्रयाप्त मात्रामा खानेपानी उपभोग गराउन बजार बन्द हुने प्रत्येक दिन खानेपानी मर्मत, बाटो, सडक मर्मत गर्ने गरेका छन् । सधै जसो चहल पहल भईरहने सदरमुकाम मार्तडीमा आज बजार बन्द भएपछि सुनशान देखिएको छ । शनिबार एकदिनका लागि व्यवसायीहरुले बजार पूर्ण रुपमा बन्द गरेपछि ग्राहकहरु भने मर्का परेका छन् ।
एकदिनका लागि बन्द गरेको बजार साँझ ५ बजे खुलिसकेको मार्तडी बजार व्यवस्थापन समितिले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार