होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरेका छन् । बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर जलाउँदै हिड्ने पागल होइन यो’, ओलीले रुपन्देहीका सरोज भट्टराईले सोधेको प्रश्नको जवाफ दिदै […]
काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो । जस अनुसार कांग्रेसले विराटनगर, काठमाडौं […]
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, […]
बैतडी — जिल्लामा हुने विभिन्न पार्टीका जुनसुकै कार्यक्रममा पनि महिलाको उपस्थिति हुन्छ । पुरुषहरू कामको सिलसिलामा घर बाहिर हुने भएकाले पनि महिलाहरू कार्यक्रममा बढी देखिन्छन् । पार्टीहरूले पनि कार्यक्रममा महिलाहरूको सहभागितामा जोड दिइरहेका हुन्छन् । अघिपछि पार्टीका कार्यक्रमहरूमा महिलाको सहभागिता धेरै खोज्ने दलहरू चुनावका बेला भने महिलालाई वास्ता गर्दैनन् । सधैंभरि पार्टीका लागि हिँडिरहेका महिलाहरूलाई पार्टीहरूले उम्मेदवार बन्न टिकट […]
वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले […]
, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । तर […]
काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर […]
नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणीसमेत गरे । ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार […]
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट […]
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । आयोगका अनुसार महिला र […]
काठमाडौं । आगामी स्थानीय तह चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ । सोमबार दुईपटक बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको […]
कैलाली: कैलालीमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रहेका मीनबहादुर बम नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनलाई पार्टीमा प्रवेश गराएको एमालेका युवा नेता योगेश बमले बताए। उनी गत स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मा वडाअध्यक्षका उम्मेदवार रहेका थिए।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेको नेपाल परिवार दलले २१ पालिकाको प्रमुखको उम्मेदवारी आफ्नो दलले पाउनुपर्ने दाबी गरेको छ । परिवार दलका महामन्त्री सन्तोष पौडेलले २१ पालिकामा परिवार दलको बलियो संगठन रहेको दावी गरे । ‘जहाँ परिवार दल बलियो छ, त्यहाँ हामीले उम्मेदवारी दिन्छौं’, उनले भने, ‘जहाँ एमाले बलियो छ, त्यहाँ […]
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक […]
सुर्खेत । हुम्लामा पनि सत्तारुढ गठबन्धन भत्किएको छ । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले छुट्टाछुट्टै तर स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दिपेन्द्र रोकायाले जानकारी दिए । ‘पटक–पटक सहमतिको प्रयास […]
सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]
पोखरा । पोखरामा गठबन्धको बैठक चलिरहँदा नेपाली कांग्रेसका जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । नेपाली कांग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् । उनीहरुले विज्ञप्ति निकाल्दासम्म […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् ।सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले भने, निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’ प्रचण्डले सरकार र सरकारमा […]