होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए
समाचार

डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए

  • नागरिक रैबार
डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए

डोल्पा । डोल्पाको छार्काताङसोङ गाउँपलिका-५ को पिम्री गाउँमा एक व्यक्तिमाथि कुटपिट भएको छ । सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दर्ता गर्न गएका स्थानीय धावा गुरूङमाथि निवर्तमान वडाध्यक्ष सोनाम साङवो गुरुङको समूहले कुटपिट गरेको हो ।

यसपटक पनि वडाध्यक्षमा सोनामको मात्रै उम्मेदवारी परेको छ । सोनामको समूहले बाटोमा हिंडिरहेका स्थानीयलाई किन कुटपिट गरे भन्ने खुलेको छैन तर आफूविरुद्ध उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।

घाइते भएका धावाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन् । कुटपिटबाट घाइते धावाको टाउकोमा गहिरो चोट लागेको र उपचारसम्म नपाएको स्थानीयवासीले गुनासो गरेका छन् । यसबारे प्रहरी प्रशासनले भने जानकारी नभएको बताएको छ ।

विज्ञापन

घटनाबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले पनि आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै