होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बागलुङका १० स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा
समाचार

बागलुङका १० स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

  • नागरिक रैबार
बागलुङका १० स्थानीय तहमा सत्तारुढ गठबन्धनको भागबन्डा

बागलुङ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । सोमबार विहान सत्ता गठबन्धनका दलहरुले स्थानीयतहको भागवन्डा गर्दै निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् ।

सहमति अनुसार बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख पाएको छ ।

माओवादी केन्द्रले तराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने सहमती भएको माओवादी केन्द्र बागलुङ जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए ।

विज्ञापन

उनका अनुसार नेपाली कांग्रेसले जैमिनीनगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा उपप्रमुख, माओवादी केन्द्रले बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसिखोलागाउँपालिकाको उप्रमुख पाउने भएको छ।

त्यस्तै राष्ट्रियजनमोर्चाले काठेखोलागाउँपालिका र बडिगाडगाउँपालिका र एकिकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुख पाउने सहमति भएको छ । जनता समाजवादीलाई २ कार्यपालिका सदस्य र ११ वडा सदस्यदिने गरि सहमतीभएको घिमिरेको भनाई छ ।

जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसलाई ४३, माओवादी केन्द्रलाई २१, राष्ट्रियजनमोर्चालाई १५ र एकिकृत समाजवादीलाई ६ वडादिने गरि सहमती नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती जीत शेरचनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार