होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एक करोड ७७ लाख मतपत्र छापियो
राजनीति

एक करोड ७७ लाख मतपत्र छापियो

  • नागरिक रैबार
एक करोड ७७ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो ।

मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

विज्ञापन

मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान स्थल रहेका विद्यालय उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।

साथै मतदान केन्द्रका रुपमा प्रयोग हुने भवन उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

मतदानका दिन सार्वजनिक विदा दिन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार