होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कान्छी उम्मेदवार, २३ वर्षमै गाउँपालिका उपाध्यक्षमा भिड्दै
समाचार

कान्छी उम्मेदवार, २३ वर्षमै गाउँपालिका उपाध्यक्षमा भिड्दै

  • नागरिक रैबार
कान्छी उम्मेदवार, २३ वर्षमै गाउँपालिका उपाध्यक्षमा भिड्दै

धनगढीः डोटीमा २३ वर्षीया युवतीले गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छन्। सोमबार भएको मनोनयमा २३ वर्षीया युवती निर्मला अवस्थीले जिल्लाको केआइसिंह गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी हुन्।

केआइसिंहमा तीन दलको चुनावी तालमेल भएको छ। एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल भएको हो। जसमा केआइसिंह गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका केशवनाथ योगीले उम्मेदवारी दर्ता गरेका छन्।

उपाध्यक्षमा एकीकृत समाजवादीकी अवस्थीले उम्मेदवारी दिएकी हुन्। नयाँ पुस्ताले राजनीतिमा युवा सहभागिता खोजेको समयमा पार्टीले पनि विश्वास गरेर आफुलाई अगाडि सारेको भनाइ उनको छ। सोमबार मनोनयन दर्ता गरेसँगै आफ्ना चुनावी एजेण्डासहित मतदाताको घरदैलो पुग्ने काममा गरिरहेको उनले बताइन्।

विज्ञापन

‘अहिलेको पुस्ताले राजनीतिमा युवा खोजीरहेको छ। जसरी पार्टीले विश्वास गरेको छ, त्यसरी नै काम गरेर देखाउने छु। जनताले विश्वास गरेर मत दिन्छन् भन्नेमा पनि आशावादी छु,’ उनले भनिन्। गाउँपालिकाको उपध्यक्षमा निर्वाचित भएपछि स्थानीय स्रोत र साधनको पहिचान तथा परिचालन गरी पालिकालाई उत्कृष्ट बनाउन तर्फ केन्द्रीत हुने दाबी उनको छ।

विशेष गरी महिलाका पक्षमा काम गर्ने योजना रहेको अवस्थीले सुनाइन्। सात वटा वडा रहेको गाउँपालिकामा ६ वडा तीन दलको चुनावी तालमेल भएको छ। जसमा एकीकृत समाजवादीले वडा नम्बर ३ र ५ पाएको छ। यस्तै, वडा नम्बर १, २ र ६ माओवादी केन्द्रले पाएको छ। वडा नम्बर ४ राष्ट्रिय जनमोर्चालाई दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार