होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– फिल्म निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ २५ मार्चबाट प्रदर्शनमा आएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ। भारतसँगै नेपालमा पनि फिल्मका हरेक शोहरु हाउसफुल भएका छन्। यसबीच भारतमा ‘आरआरआर’ हेर्न पुगेका एक युवकको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्रप्रदेशस्थित अन्नतपुरको ‘एस वी मेक्स’मा […]
काठमाडौं । सेतो भ्यानको ढोका खोलिएको छ । उघारिएको ढोकाको सिसा भित्रबाट लुकिङ ग्लास हेरिरहेको छ एक तिलचामले दारी फुलेको अधवैंसे पुरुष । हातमा रुमाल बोकेको ऊ आफ्ना फुलीसक्न लागेका दारी हेर्दै हातले मुसार्छ । लुकिङ ग्लासमा देखिन्छिन् एक महिला । ऊ उनैलाई नजानिँदो पाराले हेर्छ । उमेर २५/२६ देखिने ती महिला गम्छा बेर्दै उनलाई […]
काठमाडौं। एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ हलमा रिलिज भइसकेको छ। योसँगै फिल्म ‘आरआरआर’ले पहिलो दिन हिन्दी र तेलुगुमा बक्स अफिसमा धमाका मच्चाएको छ। फिल्म ‘आरआरआर’ले पहिलो दिन तेलुगुमा २३ करोडभन्दा बढी र हिन्दीमा २० करोड माथिको कमाइ गरेको छ। साथै फिल्म ‘आरआरआर’ तेलुगुमा पहिलो दिन २३ करोडभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ। प्रारम्भिक प्रवृतिले […]
काठमाडौं । गायक प्रकाश सपुतले कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर आफ्नो गीत ‘पीर’को भिडियोबाट एक दृश्य हटाएको बताएका छन् । ‘पीर’ गीतको भिडियोमा एक पूर्वमाओवादी लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएको विषयमा उनले यस्तो प्रष्टीकरण दिएका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गायक सपुतले गीतमा समावेश उक्त दृश्यले समाजका केही व्यक्तिको चित्त दुखेको […]
नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले […]
काठमाडौं । काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले […]
काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]
बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए । बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध […]
काठमाडौं, १० चैत्र । चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् । करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि […]
बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् । संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको […]
काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा […]
काठमाडौं, ४ चैत्र । नेपाली फिल्म उद्योगका चर्चित हस्ती नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुन लागेका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।
आज शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरको हल भने सबै पाएको छैन । किनभने बलिउडको ‘बच्चन पाण्डे’ र ‘द कश्मीर फाइल्स’ पनि हलमा लागेका छन् । ‘चिसो एष्ट्रे’को गत बुधबार प्रिमिएर समेत भएको थियो । प्रिमिएरमा राम्रो पूक्रिकिया पाएको फिल्म निर्माणमा ७ बर्ष लागेको छ । […]
नागरिक रैबार/बाजुरा ३ फागुन। आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व सदरमुकाम मार्तडीमा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो । यस वर्ष भने […]
काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेइलावस्काले ७० औं विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छन् । पुएर्तोरिकोमा बिहीबार बिहान सम्पन्न ग्रान्ड फिनालेमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनको उचाइ १.७९ मिटर छ । मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन् । मोटिभेसनल स्पिकर बन्ने […]
काठमाडौं । ऋतुहरुको राजा, वसन्त याम । भनिन्छ, वसन्त ऋतु सुरु भएसँगै प्रकृतिले आफ्नो रुप बदल्छ । हरियाली छाउँछ । बोट-बिरुवामा नयाँ पालुवा पलाउँछ । मौसममा मादकता थपिन्छ । यसलाई बहार वा यौनावस्था पनि भन्ने गरिन्छ ।यसलाई प्राणायामको याम पनि मानिन्छ । किनभने यसबेला वायुमण्डल शुद्ध र ताजा हुन्छ । त्यसैले त यस यामको आगमनसँगै […]
नागरिक रैबार/बाजुरा २ चैत्र। भोलि हिन्दुहरुको होली पर्व हो । होलिमा एकले अर्कालाई रंग दलेर रमाईलो गर्ने गर्छन् । तर पछिल्लो समयमा होली पर्वमा उछ्रिङ्कल गतिविधि हुने भएकाले यसलाई रोक्न प्रहरीले विशेष आग्रह गरेको छ । होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय बाजुराले यहाँका नागरिकलाई सचेत गराएको छ । होलीको दिन उछ्ृंखल गतिविधि नगर्न […]
काठमाडौँ – फिल्म ‘चिसो एष्ट्रे’ लाई सेलिब्रेटीले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रियादिएका छन् । मंगलबार साँझ सिभिल मलको क्युएफएक्स सिनेमामा भएको प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथावाचन र दृश्यभाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका छन् । प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम […]
काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दलित भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि कम्मर हुँदै […]