होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फ्राइडे रिलिज : हलमा ‘चिसो एष्ट्रे’
समाचार

फ्राइडे रिलिज : हलमा ‘चिसो एष्ट्रे’

  • नागरिक रैबार
फ्राइडे रिलिज : हलमा ‘चिसो एष्ट्रे’

आज शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरको हल भने सबै पाएको छैन । किनभने बलिउडको ‘बच्चन पाण्डे’ र ‘द कश्मीर फाइल्स’ पनि हलमा लागेका छन् ।
‘चिसो एष्ट्रे’को गत बुधबार प्रिमिएर समेत भएको थियो । प्रिमिएरमा राम्रो पूक्रिकिया पाएको फिल्म निर्माणमा ७ बर्ष लागेको छ । मल्टीप्लेक्समा उच्च शो पाएको फिल्मले ब्यवसाय समेत राम्रो गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई उठान गरिएको ‘चिसो एष्ट्रे’ कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण भएको हो । गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कथामा आधारित रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय छ ।

दिन्स पाल्पाली निर्देशित फिल्ममाअजर जंगमको संगीत, क्रएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित छ । महेशबाबु तिमल्सिनाको प्रस्तुति रहेको फिल्ममा प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेका छन् ।
रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा सह–निर्माता रहेको फिल्ममाा उज्वल बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै