होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘चिसो मान्छे’को टिजर सार्वजनिक
समाचार

‘चिसो मान्छे’को टिजर सार्वजनिक

  • नागरिक रैबार
‘चिसो मान्छे’को टिजर सार्वजनिक

काठमाडौं- चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ। आमा, पशुपति प्रसादलगायत फिल्म बनाएका दीपेन्द्र के खनालको निर्देशन र कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभियन छ।

स्वस्तिमा `चिसो मान्छे’मा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिएकी छन्। फिल्मले नेपाली समाजको कथा बोल्ने बताइएको छ। फिल्मको अधिकांश छायांकन बाजुरा जिल्लामा गरिएको हो।

टिजरमा एउटा मात्र संवाद समेटिएको छ। जहाँ देशभक्त खनाल बाजुराली भाषामा भन्छ्न‍्– छोर्‍याटा नधेक्या जनहरि क्या हेर्दिछै? (केटा नेदेखेजसरी के हेरिरहेको?)।

विज्ञापन

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्म काठमाडौंदेखि बाजुरासम्मको लोकेसनमा खिचिएको छ। स्वस्तिमालगायत मुख्य पात्रले बाजुराली भाषा बोलेका छन्।

फिल्म असार ३ गते प्रदर्शनमा आउनेछ। यसअघि वैशाख ३० मा रिलिज गर्ने भनिएको फिल्म स्थानीय तह निर्वाचनका कारण असारमा सारिएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार