होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाजको भावना बुझेर ‘पीर’को एउटा दृश्य हटाएको हुँ : प्रकाश सपुत
समाचार

समाजको भावना बुझेर ‘पीर’को एउटा दृश्य हटाएको हुँ : प्रकाश सपुत

  • नागरिक रैबार
समाजको भावना बुझेर ‘पीर’को एउटा दृश्य हटाएको हुँ : प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुतले कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर आफ्नो गीत ‘पीर’को भिडियोबाट एक दृश्य हटाएको बताएका छन् । ‘पीर’ गीतको भिडियोमा एक पूर्वमाओवादी लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएको विषयमा उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गायक सपुतले गीतमा समावेश उक्त दृश्यले समाजका केही व्यक्तिको चित्त दुखेको महसुस गरेर हटाइएको बताए ।

जनयुद्ध लडेर राजनीतिक परिवर्तन भएपनि व्यवहार परिवर्तन नभएकाले निराश बनेका पूर्व माओवादी लडाकु गीतमा समावेश उक्त दृश्यबाट झनै चिन्तित बनेकाले उनीहरुको भावनालाई कदर गरेको उनले बताए ।

विज्ञापन

यसलाई भावनाको हिसाबले सोचिदिन पनि सबैलाई आग्रह गरेका छन् ।

केही समयअघि सार्वजनिक भएको प्रकाश सपुतको ‘पीर’ गीतमा जनयुद्धमा सहभागी लडाकुहरुले वर्तमान समयमा भोगिरहेको अभाव र पीडालाई विषयवस्तु बनाइएको छ । भिडियोको एक दृश्यमा पूर्वलडाकु महिला जीविका चलाउन देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ । यो दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरुले आपत्ति जनाएका थिए ।

विवादित बनेपछि गायक सपुतले उक्त दृश्य हटाएर पुनः गीत सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार