होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘आरआरआर’ फिल्म हेर्न सिनेमाहल पुगेका युवकको मृत्यु
समाचार

‘आरआरआर’ फिल्म हेर्न सिनेमाहल पुगेका युवकको मृत्यु

  • नागरिक रैबार
‘आरआरआर’ फिल्म हेर्न सिनेमाहल पुगेका युवकको मृत्यु

काठमाडौं– फिल्म निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ २५ मार्चबाट प्रदर्शनमा आएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ। भारतसँगै नेपालमा पनि फिल्मका हरेक शोहरु हाउसफुल भएका छन्।

यसबीच भारतमा ‘आरआरआर’ हेर्न पुगेका एक युवकको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्रप्रदेशस्थित अन्नतपुरको ‘एस वी मेक्स’मा फिल्म हेर्न पुगेका सोही स्थानका ओबुलेसु नामका युवकको मृत्यु भएको हो। शुक्रबार बिहानको शो हेर्न सिनेमा हल पुगेका ओबुलेसुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

फिल्म हेर्दाहेर्दै उनको शरीर अचल भएको थियो। उनीसँगै फिल्म हेर्न गएका उनका साथीहरुले उनलाई तत्कालै अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उनको मृत्युको कारण हृदयघात भएको बताइएको छ।

विज्ञापन

फिल्ममा रामचरण, जुनियर एनटीआर, अजय देवगण र आलिया भट्ट मुख्य भूमिकामा छन्।

भारतीय फिल्म विश्लेषकहरुका अनुसार फिल्मले प्रदर्शन हुनुअघि बेचेका अधिकार र पहिलो दिनको प्रदर्शनबाटै ८ सय करोड भारतीय रुपैयाँभन्दा धेरै कमाइसकेको छ। प्रदर्शनको पहिलो दिनमा करिब १ सय करोड भारतीय रुपैयाँको आम्दानी गरेको फिल्मले वितरण, स्याटलाइट प्रदर्शनको अधिकार, संगीतलगायतका विभिन्न पक्षहरुलाई अनलाइनमा दिएको वितरणमार्फत् अन्य कमाइ गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार