होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छोटो दृश्यको लामो कथा
समाचार

छोटो दृश्यको लामो कथा

  • नागरिक रैबार
छोटो दृश्यको लामो कथा

काठमाडौं । सेतो भ्यानको ढोका खोलिएको छ । उघारिएको ढोकाको सिसा भित्रबाट लुकिङ ग्लास हेरिरहेको छ एक तिलचामले दारी फुलेको अधवैंसे पुरुष । हातमा रुमाल बोकेको ऊ आफ्ना फुलीसक्न लागेका दारी हेर्दै हातले मुसार्छ । लुकिङ ग्लासमा देखिन्छिन् एक महिला । ऊ उनैलाई नजानिँदो पाराले हेर्छ । उमेर २५/२६ देखिने ती महिला गम्छा बेर्दै उनलाई हेरिरहेकी हुन्छिन् । उसले पनि लुकिङ ग्लासबाटै अफ्ठ्यारो माने झैं गरेर हेर्छ ।

अर्को सर्ट सुरु हुन्छ, तर त्यसैसँग जोडिएको । आँगनको छेउमा गाडिएको रूखको सुकेको ठुटोमा ऐना हेरेर त्यही अधबैंसे दारी काटिरहेको छ । तर, उसको ध्यान उही महिलामाथि छ । ऊ यसपटक मुन्टो बङ्ग्याएर उसैलाई हेर्दै दारी काटिरहेको छ । लाग्छ, सफाचट देखिएर ति महिलालाई आफूतर्फ आकर्षित गर्नु उसले दारी काट्नुको उद्धेश्य हो ।

दलानमा बरण्डाको खाँबोमा अडेस लागेर सिसाको कपमा कालो चिया र बिस्कुट खाइरहेकी ऊ छड्के छड्के परेर पुरुषले दारी काटेको हेरिरहेकी छे ।

विज्ञापन

उनले यसरी पुरुषलाई हेरेको नियालिरहेका छन्, एक बृद्ध । उमेरले ६५ पार गरेजस्ता देखिने चुरोट तान्दै गरेका ती बृद्धलाई महिलाले अधबैंसे पुरुषलाई त्यसरी हेरेको मन नपरेको उनको अनुहारमा स्पष्ट देखिन्छ । उनी भन्छन्, ‘कहिले छोरो मान्छेलाई नदेखे जस्तो के हेरिरहेकी छेस् ? जा यहाँबाट’ बृद्धले महिलालाई हप्काउँछ । उता बृद्धले आफूहरू दुबैको हेराहेरलाई देखिसकेको भेउ पाएको अधबैंसे भने केही नभए झै गरेर ऐनातिर आफूलाई एकत्रित भएर दारी काट्नमा ध्यान लगाउँछ । वृद्धले हप्काएपछि आँखा तरेर हेर्दै ….बड भन्दै ती महिला खान बाँकी रहेको एक घुड्को चिया आगनमा फ्याँक्दै कप टेबुलमा राखेर त्यहाँबाट ओझेल पर्छे ।

त्यसलगत्तै माथिबाट ड्रोनले खिचिएको सडकमा भ्यान गुडेको दृश्य देखिन्छ । त्यही अघिको भ्यानको बडी ओपन छ । ओपन भ्यानको पछाडीपट्टी राखिएको छ, रातो कफिन । यो दृश्य नसकिँदै दृश्यमाथि अक्षरहरू ओभरल्याप हुन्छन्– चिसो मान्छे ।

केही समय अगाडि छोटा देखिएका दृश्य अब लामो लाग्न थाल्छ । तीनजना मान्छे । उनीहरूका मलिन अनुहार अनि कफिन । अनि अनुमान लाग्छ, बृद्ध पुरुष सायद महिलाका ससुरा हुन् । कफिनमा मृत शरीर छ । त्यो मृत शरीर खाडीबाट आएको हो । कफिनको मृत व्यक्ति उमेरले लाउँलाउँ खाउँखाउँकी महिलाका पति हुन् र बृद्धका छोरा । अधवैंशे पुरुष भ्यानका चालक । एकआर्काप्रति महिला र अधवैंशको हेराई ? बृद्धको हप्काइबाट अनुमान लगाउन सकिन्छ, महिला कसैको साहारा खोज्दैछिन् । अधबैंसे पुरुष ? बेसाहारा महिलाको एक्लोपनको फाइदा । अनि बृद्ध समाजको बन्धन सम्झाउँदैछन् ।

यो त भयो चलचित्र ‘चिसो मान्छे’को छोटो टिजरको लामो कथा । असार ३ गते रिलिज हुने चलचित्रको टिजरले मुख्य पात्रको परिचय दिँदै चलचित्रको कथाको सारांश खिचेको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

टिजर हेर्दा पैसा कमाउन गएका युवा कसरी कफिनमा फर्किन्छन् र उनको परिवार कसरी विचलित हुन्छ भन्ने कथा यो चलचित्रले भन्नेछ । चलचित्रको कथा निर्देशक खनाल स्वयंले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार