होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा
समाचार

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

  • नागरिक रैबार
‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ ।

दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार १२.४० करोड र मंगलबार १०.२५ करोड कमाइ गरेको थियो ।

अनुपम खेर स्टारर फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ । सन् १९९० मा कश्मीरबाट हिन्दू पण्डितलाई लेखिटएको कथा फिल्मले पेस गर्छ ।

विज्ञापन

भारतीय जनता पार्टीको सरकार रहेका आठ राज्यले फिल्मलाई मनोरञ्जन करमा छुट दिएका छन् । तर फिल्मले नेपालमा भने अपेक्षित कमाइ गर्न सकेन । सुरुवाती दुई दिनमा सन्तोषजनक कमाइ गरेको फिल्मको व्यापारमा अहिले गिरावट आएको छ ।

अर्का बलिउड विश्लेषक अतुल मोहनले ‘द कश्मीर फाइल्स’ले आमिर खान स्टारर फिल्म ‘दंगल’को लाइफटाइम कलेक्सनलाई उछिन्ने प्रक्षेपण गरेका छन् । दंगलले बक्स अफिसमा झण्डै ४०० करोडको कमाइ गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार