होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ कार्तिक। त्रिबेणी नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले एक बिज्ञप्ती जारी गर्दै केही दिन पहिला नगर प्रमुख रामसिं रावलको सचिवालयले निकालेको बिज्ञप्तीमा कुनै तुक नभएकोले कोही कसैले भ्रममा नपर्न अनुरोध गरेका छन । नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्य गरी १० जनाको सुयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा चयन भएका छन । नेकपा एमाले त्रिबेणी नगर कमिटिको उपाध्यक्षमा बिनोद ऐडी, सचिवमा जयबिर साउँद, उपसचिवमा देबसरा बुढा र गोकुल साउँद लगायत ७५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ । बाजुराका ९ ओटा स्थानीय तह मध्य […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। दोस्रो नगर स्तरीय फुटवल प्रतियोगिताको कप पनि बडीमालिका नगरपालिका ९ ले जितेको छ ।आज सम्पन्न भएको फाइनल खेलमा आयोजक बडीमालिका ८ लाई २-१ ले पराजित गर्दै बडीमालिका ९ दोस्रो नगर स्तरीय कप जितेको हो । अघिल्लो वर्ष समेत कप जितेको बडीमालिका ९ ले यस वर्ष पनि उत्कृष्ट खेल प्रर्दशन गर्दै दोस्रो […]
प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो । १६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० […]
नागरिक रैबार बाजुरा १५ कार्तिक एमाले बडीमालिका नगर कमिटीको प्रथम नगर अधिबेशन ४ दिनपछि सम्पन्न भएकाे छ । कार्तिक १२ गतेबाट सूरू भएकाे प्रथम नगर अधिवेशन ४ दिनपछि आज सम्पन्न भएकाे हाे । साेमबार सम्पन्न भएकाे नगर अधिवेशनबाट अध्यक्षमा धर्मराज पाध्याय, उपाध्यक्षमा विमला कुमारी साउंद, सचिव राजेश पायल विक, उपसचिव कर्णबहादुर विक, कालू रावल लगायत […]
नागरिक रैबार/बाजुरा १५ कार्तिक।बाजुराका दलित समुदाय तथा दलित पत्रकारहरुमाथि सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँका वर्ष ३५ का सत्यराज जैशीलाई बाजुरा जिल्ला अदालतले ५ हजार जरिवाना सहितको फैसला सुनाएको छ । जातिपातिको आधारमा छुवाछुत तथा भेदभाव् गर्न नहुने मुद्धामा बाजुरा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको २०७८/५/२१ गतेको ईजालासले […]
नागरिक रैबार बाजुरा १४ कार्तिक। जिल्लाकाे स्वामिकार्तिक गाउँपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । आज सम्पन्न भएकाे प्रथम वडा अधिवेशनले गाेरे भण्डारी अध्यक्ष, उपाध्यक्ष- जसी दमाई, सचिव काली बहादुर बुढा उपसचिव- जनक हमाल रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे । वडाका वयवृद्व मनिराम बुढाकाे […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। जिल्लाको त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले छापामार शैलिमा नगर अधिबेशन सम्पन्न गरेको नगर सभाका सदस्यहरुले आरोप लगाएका छन । नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरु नबोलाएरै नगर प्रमुख रावलले नगर सभा एक लौटी गरेर सम्पन्न गरेकाे त्रिवेणी ७ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताएका छन । उहाँका […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । नगर कमिटीको उपाध्यक्ष, उपसचिव, सचिव लगायतका अन्य पदहरुमा भने अझै सहमति हुन सकेको छैन् । नगर अधिवेशन […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. २ साप्पाटामा नेकपा एकिकृत समाजवादी पार्टी वडा नं २ को वृहत कार्यकर्ता भेला आयोजना गरिएको छ । समाजवादी पार्टी २ नम्बर वडाका वयवृद्ध तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य मन्नाम बुढाको अध्यक्षतामा उक्त कार्यक्रम साप्पाटामा चलिरहेको छ । कार्यक्रर्ता भेलामा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टीका […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बुढीनन्दा नगरपालिकाको नगर कमिटी अध्यक्षमा जंग विर रोकाया सर्वसम्मत चयन भएका छन् । नेकपा (एमाले) बुढीनन्दा नगर कमिटीको प्रथम अधिवेशन बाट उपाध्यक्षमा शुकबिर कडारा, सचिव जयलाल बिक, उपसचिव-प्रदिपराज जोशी हेम बहादुर रोकाया, कार्यालय सचिव नन्दविर विक लगायत रहेको निर्वाचन समितिका सदस्य लक्ष्मण जोशीले बताएका छन् । अधिवेशन सूरु भएको […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई भएको छ ।नगर अधिवेशन सूरु भएको ३ दिन वित्न लाग्दा समेत नयाँ नेतृत्व चयनमा ढिलाई भएको हो । नगर कमिटीको नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारहरुवीच सहमति हुन नसकेपछि नेतृत्व चयनमा ढिलाई भएको नगर निर्वाचन समितिले जानकारी दिएको छ । नगर कमिटीको अध्यक्षमा धर्मराज […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बुढीगंगा नगरपालिकामा महिलालाई पदमा स्थान नदिएपछि एमाले भित्रकै महिलाहरुले आपत्ती जनाएका छन् । शनिबार सम्पन्न नगरपालिकाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन महिलालाई ठाउँ नदिएको एमाले नेतृ विमला थापाले आपत्ति जनाएकि छन् । उनले एमालेको नेतृत्व तहलाई चुनौति दिदै सामाजिक संजालमा भनेकी छन् अबको चुनाबमा नेकपा एमाले बुढीगंगा नगरपालिकामा मेयर-उपमेयर […]
नागरिक रैबार बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका भित्र गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले आजबाट नगरभित्रका कृषकलाई गहुँको बीउ वितरण गर्ने भएकाे छ । नगरपालिका भित्रका कृषकलाई ४० क्विन्टल गहुँको बीउ वितरण गरिने बडीमालिका नगरपालिकाकाे कृषि विकास शाखाका प्रेम महतले बताएका छन् । किसानलाई लक्षित गरी गहुँको बीउ वितरण गरिने नगरपालिकाले जनाएको छ । […]
नागरिक रैबार बाजुरा १३ कार्तिक नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् । विहिबारबाट सुरू भएकाे एमाले बुढीगंगा नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष नरेन्द्र थापा, उपाध्यक्ष हरिकेश नेपाली, सचिवमा हिमाल शाह, उप-सचिव सर्कल थापा, उप-सचिव डम्म थापा लगायत ७५ सदस्यीय नगर कमिटी चयन गरिएकाे छ । नगर कमिटी अध्यक्ष चयन […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ । बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले […]
नागरिक रैबार बाजुरा १२ कार्तिक। बडीमालिका नगरपालिका वडा नम्बर ८ काे आयाेजनामा दाेस्राे नगर स्तरीय 7 ए साईड फुटबल कप प्रतियोगिता आजबाट सदरमुकाम मार्तडीमा सूरू भएकाे छ । नगरपालिका भित्रका खेलाडीहरूकाे प्रतिभालाई पहिचान गराउने उद्वेश्यले बडीमालिका ८ ले तिहारकाे अवसरमा दाेस्राे नगर स्तरीय फुटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । बडीमालिका […]
नागरिक रैबार/बाजुरा १२ कार्तिक। त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिहरू नगर-प्रमुख रामसिंह रावलका विरूद्व आन्दोलनमा उत्रिएका छन् । नगर प्रमुख रामसिहं रावलले नगरपालिकाकाे रकममा व्यापक लापरबाही गरेकाे भन्दै जनप्रतिनिधिले नगर प्रमुखलाई शुक्रबार प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका छन । असार ७ गते देखि स्थगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको भन्दै सबै वडा […]