होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीका नगर प्रमुखले नगरका वडा अध्यक्षलाई थाहै नदिई नगरसभा सम्पन्न गरेपछि…
समाचार

त्रिवेणीका नगर प्रमुखले नगरका वडा अध्यक्षलाई थाहै नदिई नगरसभा सम्पन्न गरेपछि…

  • नागरिक रैबार
त्रिवेणीका नगर प्रमुखले नगरका वडा अध्यक्षलाई थाहै नदिई नगरसभा सम्पन्न गरेपछि…

नागरिक रैबार/बाजुरा १४ कार्तिक। जिल्लाको त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले छापामार शैलिमा नगर अधिबेशन सम्पन्न गरेको नगर सभाका सदस्यहरुले आरोप लगाएका छन । नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरु नबोलाएरै नगर प्रमुख रावलले नगर सभा एक लौटी गरेर सम्पन्न गरेकाे त्रिवेणी ७ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताएका छन । उहाँका अनुसार
त्रिवेणीकाे नगर सभा गत असार १० गते भित्रै सम्पन्न गर्नु पर्ने भएपनि नगरप्रमुख रावलले विभिन्न बहाना बनाउँदै नगरसभा नगरि हाल सम्म चुप लागेर बसेकाे र आज एकाएक छापामार शैलीमा नगर प्रमुखले नगर सभा सम्पन्न गरेकाे वडाअध्यक्षहरूकाे आरोप  रहेकाे छ ।
इतिहासमै पहिलो पटक आफ्नै सत्तामा रहेका नगर शभाका सदस्यहरुलाई नबोलाएर नगर अधिबेशन सम्पन्न गर्नु हिटलर शैलि भएको वडा अध्यक्ष प्रेम थापाले बताए । मेयर रावल पनि नेपाली काँग्रेशकै हुन हामी पनि काँग्रेसकै हाै याे चाही मेयरकाे हिटलर शैलि भयाे एक वडा अध्यक्षले भने । हालै सम्पन्न नेपाली काग्रेसकाे अधिबेशनमा मेयर रामसिहं रावलले जिल्ला सभापतीमा  जितेका छन ।
त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावलले नगरपालिकामा चरम भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउदा बुझाउदै पनि एकाएक नगर अधिबेशन सम्पन्न गर्नु नगर प्रमुखको ठुलो गलत भएको वडा २ का वडा अध्यक्ष प्रभुराज राज जोशीले बताएका छन । असार ७ गते देखी स्तगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको र शनिबार एकाएक नगर सभा सदस्य तथा वडा न १ का वडा अध्यक्ष मनराज बुढाले बताएका छन । ६ वडा अध्यक्ष र नगरसभाका सदस्यहरु लगायत २७ जनाको हस्ताक्षेर सहित केही दिन अगाडी ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका भए पनि वास्ता नै नगरी नगर सभा सम्पन्न गरेको वडाअध्यक्षहरुले बताएका छन । ६ वटा वडाका वडा अध्यक्षहरु सहभागी नगराएरै नगर सभा सम्पन्न गरेकोमा जिल्ला प्रशासन लगायतका ठाउँमा पनि जानकारी गराएका छौ वडा अध्यक्ष प्रेम बहादुर थापाले बताएका छन् ।
नगरपालिकामा काँग्रेसको अधिबेशन आएको र पछि नगर सभा गरौला भन्दै नगर प्रमुख रामसिहं रावलले नगरपालिकाको सबै पैशा अधिबेशनमा खर्च गरेकोले हाल सम्म पनि नगरसभा संचालन नगरेको वडा अध्यक्ष प्रेम थापाले आरोप लगाएका छन ।
सो सभामा त्रिबेणी नगर पालिका वडा न १ का वडा अध्यक्ष मनराज बुढा, वडा न २ का वडा अध्यक्ष प्रभुराज जोशी, वडा न ५ का वडा अध्यक्ष गम्भिर बुढा, वडा न ६ का वडा अध्यक्ष खड्क बहादुर बुढा, वडा न ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता प्रेम बहादुर थापा र वडा न ९ का वडा अध्यक्ष बिर बहादुर बिष्ट लगायतका नगर सभाका २७ जना सदस्यहरुलाई कुनै जानकारी नै नगरी नगर सभा सम्पन्न गरेको वडाअध्यक्ष थापाले जानकारी दिएका छन ।
नगरपालिकाले यो आर्थिक बर्षमा १४ करोड बिनियोजन गर्नुपर्नेमा १३ करोड रुपैया अघिल्लो बर्षको दायीत्व बुझाउनु पर्ने भन्दै आलटाल गरेको जनप्रतिनिधिहरुले बताएका छन । अहिलेको अबस्थामा कर्मचारीहरुले तलव पाउन समेत समस्या छ यता शिक्षकहरुलाई समेत तलव खुवान नसकेको वडाअध्यक्षहरुले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार