होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ जेठ।बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का सदरमुकाम मार्तडी बजारको सरसफाई गर्न आफै मैदानमा खटिएका छन् । सदरमुकाम मार्तडी बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार नगर प्रमुख खड्का आईतबार दिउसो सदरमुकाम मार्तडी बजारको सरसफाईमा खटिएका हुन् । नगरपालिकाले पहिलो चरणमा मार्तडी बजारलाई सफा र व्यवस्थित बनाउने निणर्य गरेको […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले सरसफाई कार्यक्रमको सुभारम्भ गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी सरसफाई कार्यक्रमको सुभारम्भ गरेको हो । बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने कार्यपालिकाको निणर्य अनुसार विश्व वातावरण […]
नागरिक रैबार/बाजुरा २२ जेठ। जिल्लाको बडीमालिका नगरपालिका–६ पानीनाउलालाई आइतबार विश्व वातावरण दिवसको अवसरमा मष्टेश्वरी ताजा तरकारी कृषक समुहको आयोजनमा जलवायु उत्थानशिल गाउँ घोषणा गरिएको छ । कृषक समुहले गाउँलाई हरियाली बनाउन र वातावरण स्वच्छ र सफा सुग्घर बनाउदै नमुना गाउँका रुपमा जलवायु उत्थानशिल घोषणा गरेको हो । पानीनाउला गाउँलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बडीमालिका नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका नामक पुस्तक पढाई हुने भएको छ । नगरपालिकाले नगरमा एउटै प्रकारको सिकाई सहजीकरण विधि सधै र सवैतिर उपयु्क्त हुनसक्ने भएकोले स्थानीय विषयवस्तुमा आधारित भएर आधारभुत तहमा हाम्रो बडीमालिका पुस्तक पढाई हुन लागेको हो । नगरपालिकाको शिक्षा, युवा तथा […]
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो । कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना एकै ठाउँमा अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बाजुराको सदरमुकाम मार्तडीमा २ सय बढी जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको हो । मार्तडीमा सभाहल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा बाजुराको प्रदेश सभा (ख) […]
नागरिक रैबार/बाजुरा २० जेठ । नेपाल राष्ट्रिय शिक्षक संघठन बाजुराले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई तथा सम्मान गर्नुका साथै जिल्लामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गर्दै बधाइ तथा सम्मान गरेको हो । नेपाल राष्ट्रिय शिक्षक संघठनका […]
नागरिक रैबार/बाजुरा २० जेठ।बडीमाालिका नगरपालिका वडा नम्बर ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ । वडामा नयाँ जनप्रतिनिधि आएसंगै आज बसेको वडा समितिको पहिलो बैठकले वडा भित्रका सामुदायिक विद्यालयमा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एकजना विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो । वडा भित्रका एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याई […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा कार्यसमितिको पहिलो बैठक आज वडा कार्यालयमा बसेको छ । वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा बसेको पहिलो बैठकले वडाको विकासका लागि महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका बेला जनतामाझ जाँदा वडाले तयार गरेको “वडा नं नौं सुखि र समृद्ध मौं “ भन्ने मुल नारालाई नै […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरलेको सरुवा भएको छ ।प्याकुरेलको बडीमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा सरुवा भएको हो । ०७८ चैत्र १३ गतेबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्याकुरेल ३ महिना नपुग्दै सरुवा भएका हुन् । स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचनमा अनुगमन समितिको संयोजक भएर […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ मा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ । वडामा आज बसेको वडा समितिको पहिलो बैठकले वडाको सेवा क्षेत्र भित्रका सेवाग्राहीहरुको जनगुनासोलाई सम्वोधन गर्न नेपाल टेलिकमसंग समन्वय गरि वडा कार्यालयमा कल सेन्टरको स्थापना गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडिमालिका नगरपालिकाका जेष्ठ नागरिकहरुको सम्मानका लागि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग तथा बडिमालिका जेष्ठ नागरिक कल्याण संस्था र अपाङ्ग कल्याण संघ मार्तडी बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको बडिमालिका […]
नागरिक रैबार/बाजुरा २० जेठ। बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए । काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा रहेका आर्थिक अवस्ता कमजोर भएका बालवालिका तथा एकल महिलाहरुलाई यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा महिला तथा बालवालिकालाई आर्थिक सहयोग गर्दै आएको छ । बडिमालिका वडा न.९मा एक कार्यक्रमको आयोजना गरी यूनिसेफ नेपाल र वास नेपालको सहयोगमा एकल महिला दुई जना र दुई बालवालिकालाई गरि पांच हजार […]
नागरिक रैबार/बाजुरा १९ जेठ। गौमुल गाउँपालिकाले पनि आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि गौमुल गाउँपालिकाले भने आईतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो । गौमुल गाउँकार्यपालिकाको दोस्रो बैठकले काममा प्रत्यक्ष असरपर्ने भन्दै आईतबार सार्वजनिक विदा नगर्ने निर्णय गरेको […]
देशब्यापी रुपमा बाजुरा यतिबेला अभूतपूर्व चर्चाको शिखरमा छ । मानव विकास सूचांकमा सबैभन्दा पुछारमा रहेको बाजुराका अनेक सन्दर्भहरु यसअघि पनि बेलाबेला राष्ट्रिय चर्चाका विषय हुने नगरेका त हैनन्, तर यतिबेलाको सन्दर्भ भने नितान्त पृथक । अरु बेला भइरहने अक्सर चर्चाका सन्दर्भहरु यहाँका निमुखाहरुको भोक, रोग, गरिबी, विपन्नता, प्राकृतिक प्रकोपको वितण्डा या विकास सम्बन्धि घटनामा केन्द्रित […]
नागरिक रैबार/बाजुरा १९ जेठ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ।यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा भएको’ भन्दै विरोध भइरहेको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै […]
नागरिक रैबार/बाजुरा १९ जेठ।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले फोरजि सहितको नेपाल टेलिकमको टावर निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु आएर पदभार ग्रहण गरेसंगै बसेको गाउँपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाका स्थानीयहरुलाई संचारको पहुँचमा ल्याउन फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाउँपालिकाको […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकामा उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने भएको छ । त्रिवेणी नगरपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट प्रत्येक बर्ष नगरका सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एक जना छात्रालाइ उत्कृष्ट मेयर छात्रवृति प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको नगरपालिकाका नगर प्रवक्ता खेमराज गिरीले बताएका छन् । सामुदायिक विद्यालयमा अध्ययन […]
नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको बुढीनन्दा नगरपालिकाले ७० वर्ष नाघेका जेष्ठ नागरिकको सेवालाइ पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेका छ । नगर कार्यपालिकाको पहिलो बैठकले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा बिशेष ख्याल गर्ने निर्णय गरेको हो । नगरपालिकाले ७० वर्ष पुगेका सबै नागरिकको निशुल्क उपचार सेवा प्रदान गर्ने र घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय […]