होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाले जेष्ठ नागरिकको नि:शुल्क उपचार र घरमै गएर वृद्धभत्ता दिने
समाचार

बुढीनन्दाले जेष्ठ नागरिकको नि:शुल्क उपचार र घरमै गएर वृद्धभत्ता दिने

  • नागरिक रैबार
बुढीनन्दाले जेष्ठ नागरिकको नि:शुल्क उपचार र घरमै गएर वृद्धभत्ता दिने

नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको बुढीनन्दा नगरपालिकाले ७० वर्ष नाघेका जेष्ठ नागरिकको सेवालाइ पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेका छ । नगर कार्यपालिकाको पहिलो बैठकले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा बिशेष ख्याल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले ७० वर्ष पुगेका सबै नागरिकको निशुल्क उपचार सेवा प्रदान गर्ने र घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । निर्वाचन घोषणा पत्र अनुसार नै आफूहरुले जेष्ठ नागरिकका लागि बिशेष प्रथामिकथामा राखेर निर्णय गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।

नगर कार्यपालिकाको पहिलो बैठकले सम्पूर्ण जनप्रतिनिधीलाई पोशाक अनिवार्य गर्ने र पालिकाको आफ्नै लोगो निर्माण गरि प्रयोगमा ल्याउने निर्णय गरेको छ । बैठकले नै ३ नम्बरका वडा अध्यक्ष जंगवीर रोकायालाई नगर प्रवक्ताको जिम्मेवारी तोकेको छ । रोकाया नेकपा एमाले बुढीनन्दा नगर कमिटीका अध्यक्ष पनि हुन् ।

विज्ञापन

नगर प्रमुखले पद बाहल गर्दा गरेका ५ जना मुक्त हलिया, खलिया र जनजाती मुस्लीमका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने, निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, कोल्टीको खानेपानी र विद्युतको समस्या समाधान गर्ने, हेलो नगर प्रमुख हटलाइन सेवा सञ्चालन गर्ने निर्णय अनुमोदन समेत गरेको प्रवक्ता जंगवीर रोकायाले बताएका छन् ।

पहिलो कार्यपालिका बैठकले नगरमा विद्युत सेवाको दीर्घकालिन समस्या समाधान गर्न राष्ट्रिय प्रशारण लाइन विस्तारका लागि पहल गर्ने, टेलिफोन टावर र इन्टरनेट सेवा तत्काल जडानका लागि पहल गर्ने निर्णय गरेको छ ।

लैगिंक हिंसा, जातीय छुवाछुत, छाउकुप्रथा तथा मदिरा नियन्त्रणमा बिशेष जोड दिने र कोल्टी बजारको खानेपानी समस्या तत्काल समाधान गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार