होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका पढाई गरिने
समाचार

कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका पढाई गरिने

  • नागरिक रैबार
कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका पढाई गरिने

नागरिक रैबार/बाजुरा २२ जेठ। बडीमालिका नगरपालिकाले आधारभुत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम हाम्रो बडीमालिका नामक पुस्तक पढाई हुने भएको छ ।
नगरपालिकाले नगरमा एउटै प्रकारको सिकाई सहजीकरण विधि सधै र सवैतिर उपयु्क्त हुनसक्ने भएकोले स्थानीय विषयवस्तुमा आधारित भएर आधारभुत तहमा हाम्रो बडीमालिका पुस्तक पढाई हुन लागेको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बडीमालिका नगरपालिकामा स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यक्रमको आयोजना गरेर शिक्षक र सरोकारावाला निकायलाई जानकारी गराएको छ ।

No description available.

आधारभुत तह कक्षा १ देखि ३ सम्मको हाम्रो बडीमालिका पुस्तक पढाईपछि नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयमा स्थानीय स्तरमा बोलिने भाषा र संस्कृतीको प्रयोग हुने अपेक्षा गरिएको छ ।
त्यस्तै आफ्नो टोल पालिकाको भौगोलिक अवस्था, स्थानीय स्तरमा रहेका धार्मिक स्थल, प्राकृतिक सम्पदा ऐतिहासिक सम्पादाहरुको पहिचान हुने बताईएको छ ।

विज्ञापन

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकको अध्यक्षतमा संचालन गरिएको प्रवोधिकरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का प्रमुख अतिथि रहेका थिए । बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा रहेकी थिइन । कार्यक्रममा बडीमालिका नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन मालिका माविका शिक्षक उत्तमराज जैशीले गरेका थिए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार