होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको सरुवा
समाचार

बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको सरुवा

  • नागरिक रैबार
बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको सरुवा

नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरलेको सरुवा भएको छ ।प्याकुरेलको बडीमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा सरुवा भएको हो ।

०७८ चैत्र १३ गतेबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्याकुरेल ३ महिना नपुग्दै सरुवा भएका हुन् ।

स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचनमा अनुगमन समितिको संयोजक भएर खटिएका बेला उनी विवादमा तानिएका थिए । बुढीगंगाको निर्वाचनमा बिवादमा तानिएपछि उनले आफैले रोजेको ठाउँमा सरुवा मागेका थिए ।

विज्ञापन

बुढिगंगाको नगरपालिकामा मतदान स्थगित गराउने भुमीका खेलेको रहेको भन्दै केही दिन अघि उनीमाथि कार्यकक्षमै दुर्यवहार समेत भएको थियो ।

बेशाख ३० गते भएको निर्वाचनमा उनि काँग्रेस सम्रथक भएर प्रस्तुती गरेको भन्दै बिबादमा मुछिएका थिए । त्यसको लगत्तै उनले मन्त्रालयमा सरुवा मागेर शुक्रबार नै बाजुराबाट गैइसकेका बडीमालिका नगरपालिकाले जनाएको छ ।

बडीमालिका नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर गईसकेपछि नगरपालिकाका आर्थिक कारोवार बाहेक कार्यालयको प्रशासनीक कामका लागि भने नगरपालिकाकै शिक्षा शाखाका प्रमुख रंगमल विकलाई प्रसाशनीक काम गर्नका लागि निमित्तको जिम्मेवारी दिईएको छ । उनलाई आर्थिक कारोबारको भने आधिकारीक जिम्मेवारी दिएको छैन् ।

चालु आर्थिक वर्षको अन्त्यतिर यसरी प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि नगरपालिकाको आर्थिक कारोबार ठप्प बनेको छ । भने स्थानीयहरु मर्कामा पर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार