होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • चौथो पटक फेरिए बुढीगंगामा निर्वाचन अधिकृत
बुढीगंगा

चौथो पटक फेरिए बुढीगंगामा निर्वाचन अधिकृत

  • नागरिक रैबार
चौथो पटक फेरिए बुढीगंगामा निर्वाचन अधिकृत

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो ।

कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । आइतबार धनगढीबाट हिँड्ने उनको भनाइ छ । ‘जिल्ला पुगेर दलहरुबीच छलफल गरेपछि मतदान हुने मिति तोक्छौं,’ उनले भने ।

तेस्रो पटक आयोगले बाजुरा अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको थियो । व्यक्तिगत कारण देखाउँदै पाण्डे पनि तोकिएको जिम्मेवारी पूरा गर्न पन्छिएपछि आयोगले चौथो पटक कठायतलाई तोकेको हो ।

विज्ञापन

अन्यत्र सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिहरुले कामकाज सुरु गरिसकेका भएपनि बुढीगंगामा भने अझै अन्यौल कायमै छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच मतगणना वा पुन: मतदान भन्ने सम्बन्धमा उत्पन्न विवादको छिनोफानो गर्दै आयोगले जेठ १२ गते बुढीगंगाका सबै १० वटै वडामा पुन: मतदान गराउने निर्णय गरेको थियो । पुन: मतदान गराउने मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको भएपनि पुन: मतदान हुने मितिको भने आइतबारसम्म टुंगो लागेको छैन ।

आयोगले सुरुमा उपन्याधिवक्ता निरञ्जन स्थापितलाई निर्वाचन अधिकृत खटाएको थियो । तर उनी व्यक्तिगत कारण देखाउँदै कार्यस्थलमा नगई फर्किएका थिए । स्थापितले जिम्मेवारी नलिएपछि कृष्णप्रसाद सापकोटालाई खटाएको थियो । सापकोटा निर्वाचन गराउन खटिएका भएपनि विवादित बनेको थियो । कांग्रेस र एमाले कार्यकर्ताहरुको अत्यधिक दवावमा परेपछि उनी बीच अवधिमै कार्यजिम्मेवारीबाट राजीनामा दिएर फर्किएका थिए ।

त्यसपछि लामो समय मतगणना गर्ने वा पुन: मतदान गर्ने भन्ने सवालमा आयोगभित्रै छलफल र तर्कवितर्कहरु चले । एमाले मतगणनाको पक्षमा थियो भने कांग्रेस पुन: मतदानको पक्षमा । अन्तत: आयोगले सबै वडामा पुन: मतदानको निर्णय गरेको थियो । ६ वटा वडामा मुख्य विवाद भएपनि आयोगले भने सबै वडामा पुन: मतदान गर्ने निर्णय गरेको थियो ।

तेस्रोपटक आयोगले बाजुरा अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको थियो । व्यक्तिगत कारण देखाउदै पाण्डे पनि तोकिएको जिम्मेवारी पूरा गर्न पन्छिएपछि आयोगले चौथो पटक कठायतलाई तोकेको हो । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार