होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना अट्ने सभाहल बन्दै
समाचार

बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना अट्ने सभाहल बन्दै

  • नागरिक रैबार
बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना अट्ने सभाहल बन्दै

नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना एकै ठाउँमा अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बाजुराको सदरमुकाम मार्तडीमा २ सय बढी जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको हो ।

मार्तडीमा सभाहल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा बाजुराको प्रदेश सभा (ख) का माननीय प्रकाशबहादुर शाहले ५० लाख रकम विनियोजन गरेका थिए । सभाहल निर्माणको ठेक्का नाटेश्वरी निर्माण सेवाले पाएको छ भने सभाहल निर्माणको काम समेत सुरु गरिसकेको छ । जिल्ला समन्वय समितिको समिक्षाहललाई भत्काएर सोही ठाउँमा नयाँ सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको हो ।

मार्तडीमा बन्न लागेको सभाहल २ सय बढी क्षमताको निर्माण हुने र सभाहलको पुरै निर्माण कार्य सम्पन्न गर्न २ करोड बढी रकम लाग्ने डिपिआर तयार भएको शहरी विकास तथा भवन कार्यालय डोटीका साईड इन्जिनियर नरेश अवस्थीले बताएका छन् ।

विज्ञापन

बाजुराको सदरमुकाम मार्तडीमा यस अघि ५० जना बढी अटाउने सभाहल थिएन् । सभाहल नहुँदा ठुला कार्यक्रमहरु सञ्चालन गर्न समस्या भईरहेको थियो ।

झन्डै २ सय भन्दा बढि मानिसहरू अटने सभाहल निर्माणपछि जिल्ला स्तरिय कार्यक्रमहरुका साथै सेमिनार ,ब्यबसायिक भेला, गोष्ठि तथा अन्य धार्मिक एव राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु समेत गर्न सहज हुनेछ । सभाहल २ बर्ष भित्र निर्माण सम्पन्न हुने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार