होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा २ दिने जेष्ठ नागरिक सम्मान कार्यक्रम
समाचार

बडीमालिकामा २ दिने जेष्ठ नागरिक सम्मान कार्यक्रम

  • नागरिक रैबार
बडीमालिकामा २ दिने जेष्ठ नागरिक सम्मान कार्यक्रम

नागरिक रैबार/बाजुरा २० जेठ। बडिमालिका नगरपालिकाका जेष्ठ नागरिकहरुको सम्मानका लागि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
बडिमालिका नगरपालिकाको आर्थिक सहयोग तथा बडिमालिका जेष्ठ नागरिक कल्याण संस्था र अपाङ्ग कल्याण संघ मार्तडी बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखाकी सहायक महिला बिकाश निरीक्षक बिन्दु बडालले बताएकी छन ।

बडिमालिका जेष्ठ नागरिक कल्याण संस्थाका अध्यक्ष बुद्धिसिं थापाको अध्यक्षतामा संचालन कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुलाई दुई दिन सम्म अन्तरक्रृया कार्यक्रम गरी आज समापन भएको छ । बुधबार देखी संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । सहायक महिला निरीक्षक बिन्दु बडालले संचालन गरेको कार्यक्रमको स्वागत महिला सहायक निरीक्षक केशरी रोकायाले गरेकी थिइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले नगरपालिका भित्रका जेष्ठ नागरिकहरुको सम्मान र संरक्षणका लागि कार्यबिधी बनाएर अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा वडा न १ का वडा अध्यक्ष कृष्ण कार्की वडा न २ का वडा अध्यक्ष डम्मर महत र वडा न ८ का वडा अध्यक्ष चन्द्र थापा पत्रकार लगायत जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै