होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको बुढीगंगा ९ का १६ बर्षीया युवा काठमाण्डौमा मृत्त फेला
बाजुरा बिशेष

बाजुराको बुढीगंगा ९ का १६ बर्षीया युवा काठमाण्डौमा मृत्त फेला

  • नागरिक रैबार
बाजुराको बुढीगंगा ९ का १६ बर्षीया युवा काठमाण्डौमा मृत्त फेला

नागरिक रैबार/बाजुरा २० जेठ। बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए ।
काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल हिक्मत्त शाहीले जानकारी दिए ।

मृतकका अंकल शाहीका अनुसार आफुले जेठ १८ गते काँडाधारी सनसिटी स्थित सुमन श्रेष्टले संचालन गरेको पासा मोटर साईकल वर्कशपमा कामको लागि छोडेर गएको थिए । १९ गते फोन मार्फत मृत्यू भएको खबर आयो ।
खाली जग्गामा घाटीमा सुतली र जुत्ताको डारीले बेरेको अवस्थामा मृत्त अवस्थामा फेला परेकोले त्यसको छानबिनको लागि बौद्ध प्रहरीमा उजुरी दिएको छ ।

निबेदन पछि घटनाको छानबिन गरी दोषिलाई कार्बाहीमा ल्याउन प्रहरीले बताएको छ । छानबिनमा सबैले सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै