होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेका प्रदेश कमिटी सदस्यद्धय कार्की र खत्री माओवादीमा प्रवेश
समाचार

एमालेका प्रदेश कमिटी सदस्यद्धय कार्की र खत्री माओवादीमा प्रवेश

  • नागरिक रैबार
एमालेका प्रदेश कमिटी सदस्यद्धय कार्की र खत्री माओवादीमा प्रवेश

नागरिक रैबार/बाजुरा १३ असोज। नेकपा एमालेका नेता मनलाल खत्री र रामलाल कार्कीले एमाले छोडेका छन् । प्रदेश कमिटी सदस्य रहेका दुबै जनाले नेकपा एमाले छोडेर माओवादी रोजेका हुन् । दुबै जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटामा आज पार्टी प्रवेशको टिका लगाएका छन् ।

कार्की र खत्रीलाई प्रचण्डले आफ्नै निजी निवासमा अविर खादा लगाएर पार्टी प्रवेश गराएका छन् । कार्की र खत्रीको प्रवेशले बाजुराका माओवादी नेताहरु हौसियका छन् । लामो समय राजनीतिमा सक्रिय खत्री र कार्की सूरुमा नेकपा एमालेबाटै राजनीति सुरु गरेका हुन् ।

खत्री बीचमा माओवादीले सुरु गरेको जनयुद्धमा लागे । माओवादीको माओवादीको जिल्ला संयोजक, अध्यक्ष र केन्द्रीय सदस्य समेत बने । पछि माओवादी विभाजनमा प्रचण्ड छोडेर वैद्यतिर लागे र जिल्लाको नेतृत्व लिए । फेरि माओवादीमै फर्किए र २०७४ सालमा माओवादीबाट जगन्नाथ गाउँपालिकाको अध्यक्षमा लडेर पराजित समेत बनेका थिए ।

विज्ञापन

नेकपा विभाजन पछि पुन ः एमाले रोजेका खत्रीले फेरि माओवादीमै लाग्ने निर्णय गरेका छन् । राजनीति जीवन नै अस्थीर रहेका खत्रीले खासै जनस्तरमा प्रभाव राख्ने गरेका छैनन् । राजनीतिक अडान र अस्तीत्व नभएपछि जनताले साथ दिन समेत छोडेका छन् ।

जनताको साथ कमहुदै गएपछि एमालेमा समेत व्यक्तिगत भविष्य नदेखेर माओवादीमै केही स्वार्थका लागि जोडिएको हुन सक्ने अनुमान गरिएको छ । यस्तै रामलाल कार्की पनि २०७४ सालको स्थानीय चुनावमा एमालेलाई हराउन कस्सीएर लागेको आरोप खेपेका पात्र हुन् ।

एमालेको अञ्चल कमिटी सदस्यसम्म भएका र हाल प्रदेश कमिटी सदस्य रहेका कार्कीलाई बीचमा एमालेले भूमि समस्या समाधान आयोगको अध्यक्ष बनाएको थियो । आफू अनुकुल राजनीतिक निर्णय लिने कार्कीको पनि जनस्तरमा जनमत खस्कीएको अवस्था छ । दुबै जनाको प्रवेशले एमालेलाई घाटा र माओवादीलाई नाफा हुने अवस्था नरहेको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार