होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराको बुढीनन्दा ५ मा मंसिर १० गते पुनः मतदान हुने
समाज

बाजुराको बुढीनन्दा ५ मा मंसिर १० गते पुनः मतदान हुने

  • नागरिक रैबार
बाजुराको बुढीनन्दा ५ मा मंसिर १० गते पुनः मतदान हुने

नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुनः मतदान हुने भएको छ । मंसिर ४ मा भएको मतदानमा एमाले र काँग्रेसविचको दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ५ मा मंसिर १० गते गते पुन मतदान हुने भएको हो ।

मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा २८ मत खसिसकेपछि दुवैपक्षविच दोहोरो झडप सुरु भएको थियो । मतदान स्थलमा दोहोरो झडप भएपछि मतदान अधिकृतले सूचना जारी गरेर मतदान स्थगित गरिएको जानकारी गराएको थियो ।

बुढीनन्दा ५ मा पुनः मतदान गराउने निर्वाचन आयोगले निर्णय गरेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताएका छन् । बुढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार