होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
नागरिक रैबार/बाजुरा ६ मसिर। नेकपा एमाले बाजुराले मसिर ४ मा भएको निर्वाचनमा बाजुराका ७० मध्ये १७ वटा बुथमा नेपाली काँग्रेसले बुुथ कब्जा गरेर फर्जी मत खसाएकोले उक्त ठाउँमा मतदान स्थगित गरि पुन: मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाइ माग गरेको छ ।
मगलबार मार्तडीमा नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै १७ बुथमा मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः मतदान गर्नुपर्ने जानकारी गराएको छ। सत्ता र शक्तिको आडमा काँग्रेसबाट बुथ कब्जा गरिएका त्रिवेणी नगरपालिका २, ३, ७ र ८, खप्तड छेडेदह गाउँपालिका २ र ४, बुढीगंगा नगरपालिका ४, ७ र ८ बुढीनन्दा नगरपालिका ५, ७ र ९, हिमाली गाउँपालिका ५ र ६, स्वामिकात्र्तिक खापर गाउँपालिका ३, जगन्नाथ गाउँपालिका २ र ४ गरि १७ वटा वडाको सिंगो मतदान प्रक्रिया रद्द गरि पुन मतदानको मिति तोक्न एमालेले माग गरेको छ।
यस्तै त्रिवेणीमा चेतन अयडीको घटनामा सलग्नहरुको खोजि गरि तत्काल कार्वाही नगरिए निर्वाचनका कुनैपनि गतिविधिहरु अगाडि बढ्न नदिने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
नेकपा एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेद्धवार कर्णबहादुर थापा, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा २ उम्मेद्धवार लालबहादुर थापा, केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा समानुपातिक उम्मेद्धवार दयालबहादुर शाही, प्रदेश कमिटी उपसचिव तथा प्रदेश सभा १ उम्मेद्धवार बल्देव रेग्मी, बाजुरा जिल्ला पार्टी कार्यालय सचिव तथा प्रदेश सभा समानुपातिक उम्मेद्धवार काँशी विकले सयुक्त पत्रकार सम्मेलन गरेका हुन्।
फेसबुक प्रतिक्रियाहरु