होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका ३ मतदान स्थलमा विवाद हुँदा मतदान स्थगित
समाचार

बाजुराका ३ मतदान स्थलमा विवाद हुँदा मतदान स्थगित

  • नागरिक रैबार
बाजुराका ३ मतदान स्थलमा विवाद हुँदा मतदान स्थगित

नागरिक रैबार/बाजुरा ४ म‌सिर। बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा बिवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

मतदान स्थलमा बिभिन्न राजनितिक दलहरुवीच विवाद भएपछि ३ वटै मतदान केन्द्रको मतदान प्रक्रिया अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताएका छन् ।

एक संघीय निर्वाचन र दुई प्रदेशसभा निर्वाचन क्षेत्र बाजुरामा कुल मतदाता ८३ हजार ५ सय ६७ रहेका छन् । निर्वाचनमा मतदानस्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानसहितका करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार