होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ बुढीगंगा नगरपालिका- १३६५२ २ खप्तड छेडेदह गाउँपालिका-११९०६ ३ त्रिवेणी नगरपालिका – ११६०६ ४ बुढीनन्दा नगरपालिका- १०९४४ ५ बडिमालिका नगरपालिका- ९७८८ ६ स्वामिकार्तिक खापर गाउँपालिका- ७४६२ ७ गाैमुल गाउँपालिका- ६०७४ ८ जगन्नाथ गाउँपालिका – ५४९२ ९ हिमाली हिमाली गाउँपालिका- ५१८९ जम्मा : ८२११३ श्राेत : निर्वाचन आयाेग
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ । पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा […]
राजेन्द्र बिक बाजुरा २१ फागुन।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ र त्रिवेणि नगरपालिका वडा नम्बर ९ पैमामा संचालित मनागाड लघु जलविद्युत परियोजनाको तेस्रो साधारण सभा शुरु भएको छ।परियोजनाका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा बडिमालिका नगरपालिका -५मनामा संचालन भएको साधारण सभाको प्रमुख अतिथि बडिमालिका नगरपालिकाकि उपप्रमुख कबिता बिष्ट रहनु भएको थियो भने बिशिस्ट अतिथि बडिमालिका -५का वडा […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडिमालिका नगरपालिकामा रहेको कपल्टा विमान स्थलको डिपिआर र सर्भे एक महिना भित्र सुरु हुने भएको छ । सुक्रबार बाजुराका निर्वतमान पाटी सभापती कविराज पण्डित र पुर्व सविधान सभा सदस्य तथा माननिय महानेपाली र महाधिवेशन प्रतिनिधी तथा प्रदेश समितीका सदस्य पदम बहादुर शाही लगाएतका नेताहरुको भेटघाटका क्रममा संस्कृति पर्यटन तथा नागरिक […]
बाजुरा–बाजुराको बडीमालिका नगरपालिकाले चार सय बढी किशोरीलाई स्यानिटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर २ भौनेराका चार सय किशोरीलाई स्यानिटरी प्याडसहितका स्वास्थ्य सामग्री वितरण गरिएको बडीमालिकाकी उपप्रमुख कविता विष्टले बताइन् । महिनावारी हुँदा कशोरीलाई नियमित विद्यालय जान सहज होस् भनेर स्यानिटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको नगर […]
नागरिक रैबार/बाजुरा २० फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् । यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका […]
नागरिक रैबार/बाजुरा १९ फागुन। बडीमालिका नगरपालिकाकाे वडा नम्बर ८ का ४ सय जनालाई सरसफाईका सामाग्री वितरण गरिएकाे छ । बडीमालिका नगरपालिकाकाे समन्वय र मानवीय सेवामा अनेकौं प्रयास नामक संस्थाकाे सहयाेगमा उक्त वडाका ४ सय जनालाई सरसफाई सामाग्री वितरण गरिएकाे हाे । बडीमालिका ८ लाई यहि महिनाभित्र छाउगाेठ मुक्त वडा घाेषणा गर्ने तयारी नगरपालिकाकाे छ । […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बडीमालिका नगरस्तरीय दलित भुमि अधिकार युनियनले नगर प्रमुख पदम बडुवाललाई लाई ज्ञापनपत्र बुझाएको छ । सोमबार बडीमालिका नगरस्तरीय भुमि अधिकार युनियनले नगरपालिकाका नगरप्रमुख बडुवाललाई ९ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो । दलित भुमीहिन सुकुम्बासी अव्यवस्थित बसोबास गरिरहेका नागरिक तथा हलिया खलिया हरुको लागत सङ्कलन गरि यथाशीघ्र मागहरु सम्बोधनका लागि […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्ला अस्पताल बाजुरामा कार्यरत स्वास्थ्यकर्मीहरुले अस्पतालमा उपचाररत एकजना विरामीलाई उपचार खर्च सहयोग गरेका छन् । ३ दिनदेखि जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धका मान बडुवालाई उपचार खर्च बाफत जिल्ला अस्पतालमा रहेको सामाजिक स्वास्थ्य सेवा संगठनको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले व्यक्तिगत रुपमा २० हजार २ सय २० नगद रुपैयाँ सहयोग […]
नागरिक रैबार बाजुरा १६ फागुन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा मार्तडीमा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र […]
नागरिक रैबार बाजुरा १५ फागुन बाजुरामा शनिवार रूखबाट लडेर एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमलिका नगरपालिका वडा नम्मर ७ का ६५ वर्षका रत्न पाध्याय रहेका छन् । मृतक पाध्यायको गाउँ नजिकैकाे जंगलमा गाईवस्तुलाई घाँस काट्ने क्रममा मृत्यु भएकाे आफन्तले बताएका छन् । शनिवार बिहान घरबाट घाँस काट्न भनेर निस्केका पाध्याय दिउँसो दुई बजिसक्दा […]
नागरिक रैबार/बाजुरा ११ फागुन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको जन्मदिनको अवसरमा केपि बा स्पोर्टस् क्लव बाजुराले जिल्ला अस्पताल बाजुराका विरामीलाई फलफुल वितरण गरेको छ । केपि ओलीको नामबाट स्थापना गरिएको केपि बा स्पोर्टस् क्लव बाजुराले ओलीको जन्मदिनको अवसर पारेर बुधबार जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । एमाले […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल फोटो पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेम रौले रहने गरी ९ सदस्यीय समिति गठन गरिएकाे छ । मंगलबार बडीमालिका नगरपालिकाको तालिमहलमा भएको नेपाल फोटो पत्रकारको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएकाे हाे । जसमा अध्यक्ष प्रेम रौले, उपाध्यक्ष सोधा बिक, सचिव लक्ष्मीराज पाध्याय, कोषध्यक्ष प्रमित बिक, सह–सचिव जय रावत सदस्यहरु प्रकाश बिक, […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद पक्राउ परेका छन । उनले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द […]
नागरिक रैबार/बाजुरा ८ फागुन।जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको छ । दलित समुदाय माथि हुने बिभेद र हिंसाका घटनाहरु र जातिय छुवाछुतको रोकथाम, न्युनिकरण तथा जातिय छुवाछुत सम्बन्धि घटनाहरुको अनुसन्धान गर्ने कार्ययोजना अर्न्तगत जिल्ला प्रहरी कार्यालय दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बडिमालिका नगर कमिटीको दोस्रो बैठक पार्टी कार्यालय मार्तडीमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रमेश चदाराको अध्यक्षतामा संचालन भएको दोस्रो बैठकको संचालन नगर कमिटी सचिब प्रेम बहादुर बिश्वकर्माले गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथी नबनिर्बाचित प्रदेश कमिटी सदस्य मान बहादुर बिक मनोज रहनु भएको थियो भने, विशिष्ट […]
नागरिक रैबार/बाजुरा ५ फागुन। कारागार भित्रबाट प्रहरीले ३ वटा मोवाइल बरामद गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक नारायण सिंह नेगीको कमाण्डमा खटिएको प्रहरीको टोलीले कारागार भित्र चेकजाँच गर्दा ४ वटा मोवाईल बरामद गरेकाे हाे । कारागार कार्यालयमा रहेका कैदी थुनुवाहरुले मोवाईल लुकाइ छिपाइ चलाई रहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच […]
नागरिक रैबार/बाजुरा १ फागुन। बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नाे पाँच वर्षकाे कार्यकालमा वडामा तिव्र विकास भएकाे दावी गरेका छन् । आईतबार कसडी र वनाली खानेपानी उपभोक्ता समितिकाे संयुक्त आयाेजना र बडीमालिका नगरपालिका/युनिसेफकाे सहयाेगमा साेही वडाकाे ठेकघरमा भएकाे सुरक्षित खानेपानी युक्त समुदाय घाेषणा कार्यक्रममा वडा अध्यक्ष रावलले साे कुराकाे दावी […]
नागरिक रैबार/बाजुरा १ फागुन। जिल्लाको बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको […]
नागरिक रैबार बाजुरा २९ माघ । बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नाराका बडीमालिका ८ मा स्थापना गरिएकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारण सभा शनिवार सम्पन्न भएकाे हाे । साधारणसभामा सहकारीका अध्यक्ष विरेन्द्र […]