होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अर्जुन शाह/ धनगढी १७ असार । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकै दुई तिहाई सांसदहरुले असन्तुष्टि जनाएका छन् । बजेटमा सांसदहरुको असन्तुष्टि बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई सम्हाल्नै हम्मे भएको देखिएको छ । यसअघि प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसदहरुले मात्रै औपचारिक रुपमा बजेट […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनमा प्रहरी माथि हातपात भएको छ । आईतबार सोही वडाका गाउँलेका पीडा बुझ्न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली खटिएको थियो । गाउँलेका गुनासाहरु सुन्न र मदिरा चेकजाँचका लागि कोल्टीबाट खटिएको प्रहरीको टोली माथि त्यहाँका स्थानीयले उल्टै हातपात गरेका छन् । घटनाबारे थप जानकारी […]
काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र […]
१५ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले प्रदेश २ को दुहुनो भैंसी वितरणमाथि नजर लगाएका छन् भने कुनैले सूचना प्रविधि विधेयक, जवजबारे नेकपा अध्यक्षद्वयले व्यक्त गरेको भनाइ, वृक्षरोपणलगायत विषय समेटेका छन् ।प्रदेश २ सरकारले सहिद परिवारका लागि ल्याएको ‘दुहुनो भैंसी वितरण’ कार्यक्रमका नाममा […]
मदन वि.क./बाजुरा १४ असार। बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो चलेको छ । तर, असार मसान्तको मध्ये भागमा आईसक्दा पनि खेतियोग्य जमिनमा प्रयाप्त मात्रामा सिँचाई सुविधा नभएपछि कृषकहरुलाई खेतबारीमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकहरुले अघिल्ला वर्षहरुमा असार १५ गते भित्र जिल्लाका अधिकाँस खेतियोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस […]
कालिकोट : कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ। गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि जिल्लाका सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लव नेतृत्वको नेकपाले जिल्लाका स्थानीय तहलाई लक्षित गरी सार्वजानिक सम्पत्तिमा क्षती पुर्याउने गतिविधि गर्न थालेपछि त्यसविरुद्ध […]
नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष […]
डडेल्धुरा, असार १४ । डडेल्धुराको महाभारत क्षेत्रभित्र पर्ने वनहरुलाई संरक्षित वन बनाउनका लागि पहल सुरु भएको छ। पछिल्लो समय डडेल्धुरामा वनहरु विनास हुँदै गइरहेकाले वनको संरक्षण गर्नका लागि संरक्षित वन क्षेत्र बनाउन लागिएको हो। महाभारत वन डडेल्धुराको जीवन आधार हो। ‘यसको संरक्षण र सम्वद्र्धनमा आजैबाट लागौँ’ भन्ने नारा महाभारत संरक्षित वन परिषद् डडेल्धुराको छ। तर, […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरा जिल्लाको स्वामिकार्तिक खापार गाउँपालिका वडा न.ं १ का दलित युवा काठमाण्डौमा संगठीत भएका छन् । अध्ययनको शिलसिलामा दुर्गम गाउँबाट काठमाण्डौ गएका दलित युवाहरुले काठमाण्डौंमा नेपाल दलित समाज सुधार क्लव गठन गरी संगठित भएका छन् । दुर्गमका दलित विद्यार्थीहरुले अहिले सम्म काठमाण्डौं लगायतका विभिन्न शहरमा अध्ययनका क्रममा भोग्नु परेका समस्यालाई […]
रमित बि.क./असार १३ बाजुरा। जिल्लाको गौमुल गाउँपालिका साक्षर घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले नै साक्षर गाउँपालिका घोषणा गरेका थिए । गाउँपालिकालाई एक औपचारिक कार्यक्रम सहित जिल्लामा दोस्रो स्थानीय तहको रुपमा साक्षर घोषणा गरिएको हो । जिल्लाका नौ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिका घोषणा हुनेमा दोस्रो भएको छ […]
विषालु च्याउ खाँदा मकवानपुरको दुर्गम गाउँ राक्सिराङ गाउँपालिका—७ दाराङकी एक चेपाङ किशोरीको मृत्यु भएको छ । अरु तीन जना बिरामी परेका छन् । दाराङकी १४ वर्षीया वुन्जीमाया चेपाङको च्याउ खाएर मृत्यु भएको हो । बावु दिपबहादुर चेपाङ, दाइ भद्रबहादुर चेपाङ र ७ वर्षीय भाइ सोमबार चेपाङ भने बिरामी परेका छन् । उनीहरुको नजिक स्वास्थ्य चौकी […]
काठमाडौं, असार १३ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे […]
काठमाडाैं-धादिङ केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहीबार साँझ १० बजेर २१ मिनेटमा भूकम्पको झड्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि जेठ ३१ र ३२ गते बझांग र जाजरकोट केन्द्रबिन्दु बनाएर क्रमसः ४ र ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ साल वैशाख १२ मा गएको महाभूकम्प यता […]
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ शिवनगर टोलका स्थानीयले धरौटी रकम जम्मा गर्न नसक्दा खानेपानी योजन नै स्थानान्तरण भएको छ। सो क्षेत्रका स्थानीयलाई शुद्ध खानेपानीको पहुचमा पु¥याउनको लागि उप–महानगरपालिकाले साढे तीन लाख रकम विनियोजन गरेको भएपनि खानेपानीको धारा जडान गर्नको लागि ११ हजार धरौटी जम्मा गर्नुपर्ने प्रावधान भएका कारण उक्त रकम बुझाउन नसकेपछि योजना नै स्थानान्तरण […]
धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठकमा प्रतिपक्षीदलहरुले अवरोध सिर्जना गरेका छन् । बिहीबार रोष्ट्रम अगाडि ‘लुटतन्त्र मुर्दावाद’, ‘वितरणमुखी बजेट चाहिदैन’ जस्ता नारा लगाउदै प्रतिपक्ष दलहरुले संसद अवरोध गरेका हुन् । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेटमा असहमति राख्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बजेट संशोधन हुनपर्ने माग राख्दै आएका […]
काठमाडौँ — प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ । मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको […]
काठमाडौं : एसईई परीक्षामा प्रदेश–१ बाट ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये १ हजार ९८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ८ हजार ४ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १ हजार ६८१ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १२ हजार ९६० […]
नागरिक रैबार/ बाजुरा १२ असार। ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अबैध जडिवुटी सहित दुई जनालाई पक्राउ गरेको छ । विहिबार दिउसो कोल्टी बाजुराबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरीको टोलीले बुढीनन्दा नगरपालिका ५ विरसेन बस्ने अंगराज पाध्यायको घरमा लुकाई छिपाई राखेको अवस्थामा अबैध जडिवुटी सेतक चिनि, कटुक, सुगन्धवाल लगायतको अबैध जडिवुटी बरामत […]
भक्तपुर : सरकारी एवं सामुदायिक विद्यालयको पढाइ स्तर अझै उठ्न सकेको छैन। सरकारले सामुदायिक विद्यालयको क्षेत्रमा गरेको लगानीअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम चित्त बुझ्दो देखिँदैन। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको परीक्षाफलअनुसार सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै खस्केको देखिन्छ। शिक्षा मन्त्रालयका सचिव खगराज बरालको उपस्थितिमा परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बिहीबार […]
कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । भीमदत्त नगरपालिका-१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको […]