होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलामा युवक–युवती होटलको कोठामा झुण्डिएको अवस्थामा फेला
समाचार

दार्चुलामा युवक–युवती होटलको कोठामा झुण्डिएको अवस्थामा फेला

  • नागरिक रैबार
दार्चुलामा युवक–युवती होटलको कोठामा झुण्डिएको अवस्थामा फेला

शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।  उनीहरुले सोमवार राति ८ बजे खाना खाएर बिहान चाँडै उठाइदिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताइन्।

उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्, झेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरेँ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही घटना स्थल पुगेका छन्।

घटना स्थलको अध्ययनपपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी बताए। मृतकहरु दाजुबहिनी नाता पर्ने स्थानीयले बताएका छन्। मनिषाको दुई महिनाअघि विवाह भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार