होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पुनर्वासमा आफ्नै बुवाबाट १४ वर्षिया छोरी बलात्कृत
समाचार

पुनर्वासमा आफ्नै बुवाबाट १४ वर्षिया छोरी बलात्कृत

  • नागरिक रैबार
पुनर्वासमा आफ्नै बुवाबाट १४ वर्षिया छोरी बलात्कृत

कंचनपुरको पुनर्वासमा आफ्नै बुवाबाट छोरी बलात्कृत भएकी छिन ।
बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका-१,बन्धाताल टोलमा आफ्नै जन्म दिने बुवाबाट छोरी बलात्कृत भएकी हुन ।
बुधबार १४ वर्षिय आफ्नै जेठी छोरी एनिसा नेपाली (नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा ३९ वर्षिय कालू नेपाली (नाम परिवर्तन ) पक्राउ परेका हुन । मंगलबार राती करिब १० बजे तिर आफ्नै छोरीलाई बलात्कार गरिरहेको देखेपछि श्रीमतीबाट कुरो बाहिर आएको हो ।

कुरो बाहिरीए पछि ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले बलात्कारको आरोपमा कालू नेपालीलाई पक्राउ गरि लगेको थियो । सो घटना स्थल आफ्नो नपरेपछी निज आरोपित ब्यक्तिलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जिम्मा लगाएको बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए । बलात्कारको आरोपमा पक्राउ परेको कालू नेपालीलाई मेडिकल चेकजाँचका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा लगिएको त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक भुपाल सिह थापाले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार