होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणीसमेत गरे । ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार […]
आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हुँदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण […]
डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पूर्वीचौकी गाउँपालिका–७ पोखरी बस्ने ५५ वर्षीय दिलबहादुर बडेला मृत फेला परेका हुन्। वैशाख २ गतेदेखि बेपत्ता भएका उनको शव सोही वडाको दाडीया भिरमुनि सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो। उक्त विषयमा प्रहरीले […]
काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले आफूहरुको नवजात छोराको निधन भएको जानकारी दिएका छन् । सोमबार रोड्रिगेजले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । तर छोराको भने जन्मने वित्तिकै निधन भएको थियो ।जन्म भएका बच्चाहरुमा छोरीमात्र जिवित रहेको उनीहरुले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । रोनाल्डो दम्पतीले […]
धनगढीः थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले जानकारी दिए। केही दिन अगाडि धनगढीस्थित ट्राफिक चौराह नजिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनको टाउको, खुट्टा र आँखामा गम्भीर […]
काठमाडौं । गायक राजु लामाले सोमबार ६ हजार ११९ मिटर अग्लो पूर्वी लोबुचे हिमालको सफल आरोहण गरेका छन् । इन्म्याजिन नेपाल एक्सपिडिसनमार्फत लामासहितको आरोही दलले हिमाल चढेको हो । जलवायु परिवर्तनले ल्याएको असरबारे सन्देश दिने उद्देश्यले उनले हिमाल चढेका हुन् । राष्ट्रिय झण्डा लिएर लोबुचे शिखरमा पुगेका राजुले आरोहणको भिडियो पनि सेयर गरेका छन् । […]
काठमाडौं, ६ बैशाख । नेपाल टेलिकमले ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । कम्पनीले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असिमित कुराकानी गर्न मिल्ने यस्तो अफर ल्याएको हो । सोमबारदेखि उपलब्ध भएको यो अफरमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । टेलिकमको अनुसार अबदेखि […]
सुपरस्टार यश र सञ्जय दत्तको फिल्म ‘केजीएफ च्याप्टर–२’ को नाम हरेक दर्शकको जिब्रोमा अडिएको छ । पछिल्लो समय भारत लगायतका देशहरुमा ‘केजीएफ’ फिल्मले अन्य फिल्मलाई समेत पछाडि पारेको छ । केही वर्षदेखि अत्यधिक पर्खाइ गरिएको फिल्म हो केजीएफको दोस्रो च्याप्टर । रकी भाईको केजीएफमाथिको राज र अधीरासँग उनको टक्करलाई दर्शकले निकै चासोका साथ हेरेका छन् […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको कार्यक्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन टुटाउने षडयन्त्र भएकाले चनाखो हुनुपर्ने बताए । एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नुपर्ने भन्दै उनले भने, ‘गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका […]
काठमाडौं । स्पानिस ला लिगामा सोमबार राति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना काडिजसँग घरेलु मैदानमै १-० ले पराजित भएको छ ।बार्सिलोनाको यो अप्रत्यासित हारपछि शीर्ष स्थानको रियल मड्रिडलाई उपाधि जित्न अझ सजिलो भएको छ । काडिजलाई जिताउन लुका पेरेजले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।डिसेम्बर ४ यता लिगमा बार्सिलोनाको यो पहिलो हार हो र […]
कञ्चनपुर– जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने “आवाज सुनेपछि […]
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका टालो गर्दै प्रवेश गरेका हुन् । मेयर पदका प्रत्यासी रहेका साहले लोसपाबाट टिकट […]
प्रहरी कर्मचारीविरुद्ध विभिन्न स्रोतबाट उजुरी पर्छ । सो उजुरी छानविन र काम कारवाहीमा देखिएको त्रुटिका आधारमा प्रहरी कर्मचारीहरुलाई प्रधान कार्यालय र गृह मन्त्रालयले कारवाही गर्छ । २०७८ साउन पछिको ८ महिनामा १ हजार २ सय २८ भन्दा धेरै प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । २०७८ साउन भन्दा पछि फागुन मसान्तसम्ममा १२ सय २८ जनालाई विभिन्नस्तरको […]
देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना […]
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन […]
धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेक जैशीको शव फेला परेको प्रहरीले बताएको छ। त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराज जैशी पनि नदीमा बेपत्ता भएका छन्। सोमबार अभिषेक र विराज नदीमा […]
सुर्खेत,मुगु — मुगुको सोरु गाउँपालिका–५ की उमा मल्ल सदरमुकाम गमगढीस्थित महाकाली माविकी छात्रा हुन् । उनी पढ्नकै लागि २ वर्षदेखि डेरा लिएर गमगढी बस्दै आएकी छन् । ‘गाउँमा पढाइ हुँदैन भनेर यहाँ आएँ,’ उनले भनिन्, ‘यहाँ झन् कुनै पनि विषयका ६/७ वटाभन्दा बढी पाठ नै सकिएनन् ।’ उनका अनुसार विद्यालयमा यो वर्ष ७५ दिन मात्र पढाइ भएको छ । […]
काठमाडौँ — भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्घ कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि […]
काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको […]