होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले […]
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा गरी मंगलबार सवा ३ बजेसम्म १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदमा ३ हजार ४३० जना, अध्यक्षमा ३ हजार ३६३, उपप्रमुखमा २ हजार […]
धनगढीः डोटीमा २३ वर्षीया युवतीले गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छन्। सोमबार भएको मनोनयमा २३ वर्षीया युवती निर्मला अवस्थीले जिल्लाको केआइसिंह गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी हुन्। केआइसिंहमा तीन दलको चुनावी तालमेल भएको छ। एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल भएको हो। जसमा केआइसिंह गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका केशवनाथ योगीले उम्मेदवारी […]
बाजुराका नौ वटा पालिकाका लागि ७८४ जनाको उम्मेदवारी परेको छ । नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ । ४ जना नगर प्रमुख, ४ जना उपप्रमुख, ५ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, ६९ जना […]
नागरिक रैबार/बाजुरा १३ बैशाख। स्थानीय तहको निर्वाचनका लागि बडीमालिका नगरपालिकामा ४ जना वडा अध्यक्षहरुले पुनः उम्मेदवारी दर्ता गरेका छन् । जसमा बडीमालिका नगरपालिका ७ बाट यस अघि एमालेबाट जितेका धर्मराज पाध्याय र २ का वडा अध्यक्ष डम्बर महत र बडीमालिका नगरपालिका ८ मा यस अघि काँग्रेस बाट जितेका प्रकाश रावलले पनि सोही वडाको अध्यक्ष पदमा […]
भक्तपुर: अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन्। मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको स्कुटरलाई आज बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ । जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा फन्को […]
डोल्पा । डोल्पाको छार्काताङसोङ गाउँपलिका-५ को पिम्री गाउँमा एक व्यक्तिमाथि कुटपिट भएको छ । सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दर्ता गर्न गएका स्थानीय धावा गुरूङमाथि निवर्तमान वडाध्यक्ष सोनाम साङवो गुरुङको समूहले कुटपिट गरेको हो । यसपटक पनि वडाध्यक्षमा सोनामको मात्रै उम्मेदवारी परेको छ । सोनामको समूहले बाटोमा हिंडिरहेका स्थानीयलाई किन कुटपिट गरे भन्ने खुलेको छैन […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कटा टिप्पणी गरेका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् । ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ११ हजार बढीले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगले मंगलबार विहान साढे ७ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशका ९ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ निर्वाचन अधिकृतको कार्यालयमा ११ हजार बढीले उम्मेदवारी दर्ता गरेका हुन्। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा […]
नागरिक रैबार/ बाजुरा १३ बैशाख। बाजुराको बुढीगंगा नगरपालिका–७ का ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय युवक देवेन्द्रबहादुर लुहार उर्फ देवेन्द्र विकलाई नियन्त्रणमा लिएको छ। सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। २०७८ फागुन १६ मा भारतमा चौकीदारी गरेर बसेका लुहारको राति […]
नागरिक रैबार/ बाजुरा १२ बैशाख। नेपाली काँग्रेसका नेता तथा पुर्व पार्टी सचिव रनसिंह अयडीले त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस बाजुराका निबर्तमान जिल्ला कार्यसमिति सचिव समेत रहेका अयडीले त्रिवेणी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । पार्टीको गुट नमिलेका कारण उनी नगरप्रमुखमा नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिले सिफारीस नगरेपछी उनले […]
काठमाडौं । निर्वाचन आयोगले मंगलबारदेखि मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको बताए । ‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र […]
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइनखबरलाई बताए । उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि […]
काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) को मनाङबाट स्थानीय तहको निर्वाचनमा विजय आरम्भ भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार नेस्याङ गाउँपालिका–९ मा वडा अध्यक्ष चोल्पा गुरुङ विजयी भएका छन् । उनले फेशबुकमा लेखेका छन्-‘मनाङबाट विजय आरम्भ : हाम्रो पार्टीका मनाङ जिल्ला इन्चार्ज कपिल लामाको खबर अनुसार जिल्लाको नेस्याङ […]
नागरिक रैबार बाजुरा १२ बैशाख। नेपाली काँग्रेस बाजुराका प्रदेश निर्वाचन क्षेत्र (क) का सभापति रामबहादुर बोहराले नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेपाली काँग्रेसको टिकट वितरणमा एकलौटी गरेको भन्दै बोहराले एमालेमा प्रवेश गरेका हुन् । बुढीनन्दा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारी सिफारिस गर्दा प्रक्रिया पुर्याई क्षेत्रीय सभापतिको नगर प्रमुखमा सिफारिस भएको तर पाटी भित्र केही व्यक्तिबादी चरित्र […]
काठमाडौं । निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ । सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ […]
नागरिक रैबार बाजुरा १२ बैशाख जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी पार्टी बिच गठबन्धन भएको छ । सत्तारुढ दल नेपाली काँग्रेसले एक्लै चुनाव लड्ने भए पछि एकिकृत समाजबादी पार्टी र नेकपा माओबादी बिच गठबन्धन भएको नेकपा माओबादी केन्द्रकी सुदुर पश्चिम प्रदेशकी कोषाअध्यक्ष कमल कुमारी शाहले बताएकि छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा […]
नागरिक रैबार बाजुरा १२ बैशाख। नेपाली काँग्रेस बाजुराले जिल्लाका ५ पालिकाको अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार स्वामीकार्तिक खापर गाउँपालिका भरत रोकाया, उपाध्यक्ष मैना जोशी, जगन्नाथमा सुन्दर विष्ट अध्यक्ष, उपाध्यक्षमा भने माओवादी केन्द्र दिएको छ । त्यस्तै खप्तड क्षेडेदह खड्क बहादुर बुढा, उपाध्यक्षमा विशु नाथ, गौमुलमा हिरेन्द रोकाया अध्यक्ष, उमा रोकाया […]
नागरिक रैबार बाजुरा १२ बैशाख। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर सार्कीले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तथा दलित अधिकारकर्मी सहित रहेका सार्कीले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सार्कीलाई जंग सार्की समर्थक रहेका छन् भने वविता चंदारा प्रस्तावक रहेकी छन् । […]