होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार
समाचार

माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

  • नागरिक रैबार
माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको छ ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘मैले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु ।’

विज्ञापन

झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार