होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने
समाचार

५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने

  • नागरिक रैबार
५ बजेसम्म लाइन बस्नेहरुले मनोनयन दर्ता गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता गर्ने भएको छ ।

सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्नेछ ।

विज्ञापन

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बडी मनोनयन दर्ता हुने अनुमान गरेको छ । तर सोमबार दिउँसो १२ बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यमा गरी साढे १६ हजार जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

सोमबार दिउँसो २ बजेदेखि मनोनयन दर्ताको चाप बढ्न सक्ने आयोगको अनुमान छ । त्यसैले अपरान्ह पाँच बजेसम्म लाइनमा बसेका सबैको मनोनयन दर्ता गर्न लागेको हो । आयोगले सोमबार साँझ अबेरसम्म पनि लाइनमा बसेकाहरुको मनोनयन दर्ता भइरहने आयोगके अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार