होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे हिमाली गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय हिमालीले बताएको छ । हिमालीको ७ नम्बर वटाबाट मतगणना सूरु गरिएको हाे । हिमालीमा ७ वटा वडा रहेका छन्।
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ । नेपाली काँग्रेस अध्यक्ष: १७९२ उपाध्यक्ष: १५५९ नेकपा एमाले अध्यक्ष: १५१४ उपाध्यक्ष: १४२१ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १११३ उपाध्यक्ष: ११०१
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे बडीमालिका नगरपालिकाकाे मत गणना सूरू भएकाे छ । मतदान सम्पन्न भएकाे दुईदिनपछि बडीमालिकाकाे मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । उनका अनुसार बडीमालिकाकाे १ नम्बर वडाबाट मतगणना सूरू गरिएकाे हाे । ९ वटा वडा रहेकाे बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेकाे थियाे […]
नागरिक रैबार/बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार […]
बझाङको थलारा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए। खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन्। […]
नागरिक रैबार/बाजुरा १ जेठ। जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–४ मा नेपाली काँग्रेसको सिंगो प्यालन विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका सिंह धामीले४७८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमाले र एकिकृत समाजवादी र नेकपा माओवादी बाम गठबन्धनका धर्म महतरा पराजित भएका छन् ।
जुम्ला — कन कासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने […]
स्वामिकार्तिक खापर गाउँपालिकाकाे ४२४७ मत गणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: १६३८ उपाध्यक्ष: १३७८ नेकपा एमाले अध्यक्ष: १३१९ उपाध्यक्ष: १२७५ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १०१७ उपाध्यक्ष: १००१
पछिल्लो समय आपराधिक क्रियाकलापमा बालबालिकाको पनि संलग्नताले चिन्ता र चासो बढाएको छ । यस्तै, भारतको पछिल्लो घटना झट्ट सुन्दा अपत्यारिलो छ तर त्यति नै भयानक पनि । भारतको लखनउको सैरपुर थानाक्षेत्रमा १ वर्षकी नाबालिगको हत्याको मामिलामा प्रहरीले १३ वर्षका बालकलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार १३ वर्षका बालक आफ्नो पिताको अपमानको बदला […]
हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ । शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा […]
धनकुटा : चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालले जानकारी दिए । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा पुगेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेका बुझिएको छ । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः […]
काठमाडौँ — कृषि तथा पशु विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले कृषि पढ्नेको आकर्षण घटेपछि भर्नाको मापदण्ड नै परिवर्तन गरेर कमजोर विद्यार्थीलाई पनि भर्ना लिने निर्णय गरेको छ । यसअघि प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीलाई मात्रै संस्थानले स्नातक तह (बीएस्सीएजी) मा भर्ना लिने गरेको थियो । कलेजको सिट संख्याअनुसार ५० प्रतिशत अंक ल्याउने विद्यार्थीको संख्या अपुग […]
नागरिक रैबार/बाजुरा १ जेठ। निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा आउन लागेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा आउन लागेको बुझिएको हो । बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् । विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले ८६४ […]
स्वामीकार्तिक खा गा पा ३८४७गणना काँग्रेस अध्यक्ष: १५७४ उपाध्यक्ष: १२७५ समाजवादी /माओवादी अध्यक्ष: ८९४ उपाध्यक्ष: ८८१ एमाले अध्यक्ष: ११७६ उपाध्यक्ष: ११८१ वडाध्यक्ष १ माओवादी के ५७३ विजयी वडाध्यक्ष २ ने काँग्रेस ३५८ विजयी अहिले वडा नम्बर ३/४ को गणना हुँदै । वडा नम्बर ३ रुख १३५ सुर्य २७२ कलम १९० वडा नम्बर ४ रुख ३८० […]
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत ल्याएकी छन् ।
खप्तड छेडेदह गाउँपालिकामा पछिल्लो मत परिणम अनुसार नेकपा एमाले अध्यक्ष १४६३ उपा अध्यक्ष १४२९ नेपाली काँग्रेस अध्यक्ष १४३५ उपा अध्यक्ष १४६२
१ जेठ, इलाम । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् । अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार […]