होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी
समाचार

दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी

  • नागरिक रैबार
दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजयी

जुम्ला — कन कासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन् । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।
उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् । कन कासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।
एक जना महिला सदस्य मात्र काङ्ग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कन कासुन्दरीले जनाएको छ । अहिले दलित बस्तीमा खुसीयाली र्‍याली निस्किएको छ ।
उनीहरूले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नारा जुलुस सहित विजय र्‍याली निकालेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार