होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा अवस्था सामान्य नभएसम्म नेपालमा ‘लकडाउन’ नखोलिने बताएका छन् । जारी लकडाउन भारतमा कोरोनाको असर कतिसम्म रहन्छ भन्नेले निर्धारण गर्ने उनले बताएका छन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै कोरोना भाइरस भारतमा बढ्दै गएकोले नेपालमा पनि तत्काल लकडाउन खोल्न नमिल्ने बताएका छन् । जारी लकडाउन अझै थप्न […]
८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई सहयाेग गर्ने भएकाे छ । विभिन्न फोन नम्बर उपलब्ध गराउदै नेकपाले खानबस्नको समस्याले काठमाडौंँ नछाड्न समेत आग्रह गरेको हो । नेकपाको काठमाडौँ जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । खान र बस्नको समस्याले कसैले काठमाडौँ […]
काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप प्रयासबारे छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि भइरहेका प्रयासहरु, लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सरकारी स्तरबाट गर्न सकिने थप सहयोग […]
जनवरी २२ मा चिनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाईरस करिव ४ महिनामा विश्वका प्राय सवै देशमा पुगेर करिव २३ लाख भन्दा वढी मानिसमा यसको संक्रमण देखिएको छ भने करिव एक लाख साठी हजार भन्दा वढी मानिसले ज्यान गुमाएको अवस्था छ । यसरी सरसरती हेर्दा समय र भुगोलका हिसावले हेर्दा यति छोटो समयमा यसरी विश्वभरी फैलिएर […]
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जनताको स्वास्थ भन्दा ठूलो कुरा केही नभएको बताउनु भएको छ । मन्त्री शाहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पूरा तयारीका साथ युद्ध स्तरमा होमिएको बताए । लक डाउनले जनता लाई दुख भए पनि यसको विकल्प नभएको बताउनु भयो । प्रवासमा रहने नेपाली […]
रामबहादुर वि.क./ बाजुरा ७ बैशाख। त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साँउदले सेवाबाट राजिनामा दिएका छन् ।संकटको बेलामा नगरपालिकाले राहत वितरण गर्दा प्रशासनिक रुपमा कार्यकारी प्रमुखको सल्लाह विपरीत जनप्रतिनिधीहरले मनोमानी गरेको भन्दै साँउदले राजिनामा दिएको बताएका छन् । यद्यपी साँउदले आफ्नो स्वच्छिक अवकास लिने समय आउन ३÷४ महिना मात्र बाँकि रहेका बेला नगरपालिकामा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले महामारीले रुप लिन नसक्ने बताएका छन् । संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएको उनले बताए । राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री […]
नागरिक रैबार/बाजुरा ४ बैशाख। जिल्लाको बडीमालिका नगरपालिकाको से १ झ २५९ नम्बरको एम्बुलेन्सले पनि लकडाउनकाे समयमा ४ जना यात्रु बोकेको पाईएको छ । धनगढीबाट बाजुरा आउने क्रममा एम्वुलेन्सले विभिन्न स्थानबाट ४ जना यात्रु सहित बोकेको हो । एम्वुलेन्समा सवार चालकसहित ३ जना बाजुराकै हुन भने २ जना हुम्ला जिल्लाको सिजाका रहेका छन् । विहिबार दिउसो […]
काठमाडौं । के नेपालमा चार महिना अघि नै कोरोनाभाइरसको संक्रमण भित्रिएको थियो ? जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिको सार अनुसार नेपालमा चार महिना अघि नै कोरोना संक्रमण भित्रिएको बुझ्न सकिन्छ । जतिबेला चीनको ऊहानमा बल्ल कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै थियो, त्यस लगत्तै नेपालमा धुमधामका साथ भ्रमण वर्ष मनाइँदै थियो । सन् २०२० […]
काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । अहिले बिहान देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिकदेखि सामान्य बदली […]
बैशाख १, कैलाली । नयाँ बर्ष २०७७ सालको उपलक्ष्यमा नेपाल फोटो पत्रकार महासंघ कैलालीले भिडियो कल मार्फत सोमबार शुभकामना आदान प्रदान गरेको छ । महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपाल लकडाउनमा भएका बेला घरमै बसी प्रबिधिको प्रयोग गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान संगै कोरोना भाईरस नियन्त्रणका […]
२०७६ साल नेपाली अर्थतन्त्रका लागि औसत रह्यो। वर्षको अन्त्यतिर कोरोना संक्रमण महामारीको रूपमा विश्वव्यापी हुनु अघिसम्म नेपालको अर्थतन्त्र न उत्साहप्रद रह्यो, न निरास नै हुनुपर्ने अवस्था थियो। वर्षको सुरुवात प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जथाभावी खर्चको मुद्दा प्रधान थियो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँदर धपाउने, मकै गोड्नेजस्ता काममा सत्ताका आसेपासे पोस्न सार्वजनिक स्रोतको दोहन भएकाले वित्तीय अनुशासन प्राथमिकतामा […]
आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ । संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ । यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन् । यो सम्पूण विश्वले आगामी ३ हप्ता कर्फ्यु स्तरको लक डाउन गर्नु जरुरी छ । – सीएनएनका अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा […]
रामबहादुर विक/ बाजुरा २१ चैत्र। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा धनगढी बाट आएका तिन जनालाई क्वारेन्टाइनमा राखीएको छ । विश्वव्यापी महामारीको रुपमा विकराल बन्दै आएको वेला बुधबार धनगढी बाट आएका तिन जनालाई क्वारेन्टाइनमा राखीएको वडा कार्यलयले जनाएको छ । धनगढीबाट मार्तडीमा पुगेका उनीहरुलाई मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राख्न नमाने पछी आफ्नै वडामा रहेको […]
गगन अयडी/धनगढी २० चैत। सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशाला नमुना परिक्षण आज बाट सुरु गरिएको छ । संघीय स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिहरुको थ्रोट स्बावको नमुना परिक्षण थालिएको बताए । प्रयोगशालाका उपकरण जडान, संकलित नमुनालाई सुरक्षित […]
काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको […]
सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको हो। भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विगठन हुने उनले बताए।
सरकारले थप एक साता लकडाउन लम्बाउने र सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि २५ चैतसम्म यसलाई निरन्तरता दिने निर्णय भएको सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।सरकारले गत ११ चैतदेखि लकडाउन लागू गरेको हो । २५ चैतपछि पनि अवस्था हेरेर थप निर्णय हुन सक्ने एक मन्त्रीले […]
काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् […]
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । जसअनुसार प्रधानमन्त्री […]