होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चार महिना अघि नै नेपालमा भित्रिएको थियो कोरोना ?
देश/प्रदेश

चार महिना अघि नै नेपालमा भित्रिएको थियो कोरोना ?

  • नागरिक रैबार
चार महिना अघि नै नेपालमा भित्रिएको थियो कोरोना ?

काठमाडौं । के नेपालमा चार महिना अघि नै कोरोनाभाइरसको संक्रमण भित्रिएको थियो ? जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिको सार अनुसार नेपालमा चार महिना अघि नै कोरोना संक्रमण भित्रिएको बुझ्न सकिन्छ ।

जतिबेला चीनको ऊहानमा बल्ल कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै थियो, त्यस लगत्तै नेपालमा धुमधामका साथ भ्रमण वर्ष मनाइँदै थियो । सन् २०२० को करिब डेढ महिनासम्म नेपाललाई ‘कोरोना मुक्त’ भन्दै मन्त्रीहरु नै पर्यटक भित्र्याउन जोड गरिरहेका थिए । त्यस अघि नै नेपालमा कोरोना संक्रमण भित्रिसकेको थियो त ? जिल्ला प्रशासन कार्यालयको एउटा विज्ञप्ति अध्ययन गर्ने हो भने स्वाभाविक रुपमा यो प्रश्न उठ्छ ।
सन्दर्भ हो, हालै पर्सामा तीन जना कोरोना संक्रमित फेला परेको बारे जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिको ।

वैशाख २ गते मंगलबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार भारतको विभिन्न स्थानमा घर भई हाल पर्साको वीरगंज महानगरपालिका–२, छपकैयास्थित मस्जिदहरुमा शंकास्पद रुपमा रहेका २६ जना भारतीय नागरिकको नारायणी अस्पतालबाट ‘थ्रोट स्वाब’ संकलन गरी हेटौंडास्थित प्रदेशस्तरीय प्रयोगशालाको ल्याबमा परीक्षणका लागि पठाइएको थियो ।

विज्ञापन

उक्त परीक्षणमा तीमध्ये ३ जनामा ‘कोभिड–१९’ अर्थात कोरोना संक्रमण पोजेटिभ पाइएको जिल्ला प्रशासन कार्यालय पर्साको भनाइ छ । सोही सन्दर्भमा उक्त कार्यालयले ती तीनजनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ विवरण सार्वजनिक गर्दै संक्रमित व्यक्तिहरु २०१९ डिसेम्बर १७ मा भारतको राजधानी दिल्लीबाट रेलमार्फत विराटनगर आएको र डिसेम्बर १८ र १९ मा उनीहरु विराटनगरस्थित रानी मस्जिदमा बसेको जनाइएको छ ।
त्यस यता उनीहरु सुनसरीको दुहबीमा ११ दिन, सुनसरीको इनरवा क्षेत्रमा दुई साता, करिब एक महिना वीरगंजका विभिन्न मस्जिदमा बसेको पाइएको पनि उक्त विवरणमा उल्लेख छ । तर उनीहरु त्यसबीचमा भारत फर्किएको र फेरि उताबाट नेपाल आएको विवरण भने देखिँदैन ।

डिसेम्बरमा नेपाल प्रवेश गरेका उनीहरु त्यतिबेला नै संक्रमित भएर आएका थिए वा नेपालका विभिन्न मस्जिदमा घुम्ने, बस्ने तथा विविध कार्यक्रममा सहभागी हुने क्रममा उनीहरु कसैबाट संक्रमित भए ? जिल्ला प्रशासन कार्यालय पर्साको विवरणमा यो प्रश्नको सटिक उत्तर भेटिँदैन ।

जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमितहरुकै भनाइ अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ विवरण तयार पारिएको जनाए ।

‘उनीहरु डिसेम्बरमा नेपाल आएको र त्यसपछि नेपालकै विभिन्न जिल्लामा रहेका मस्जिदमा बसेको, विभिन्न कार्यक्रममा सहभागी भएको विवरण हामीले उनीहरुले नै दिएको जानकारीअनुसार तयार पारेका हौँ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘डिसेम्बरमै आउँदा उनीहरु संक्रमित थिए भन्ने त होइन तर यसबीचमा उनीहरु कसरी संक्रमित भए भन्नेमा हामी पनि प्रष्ट हुन सकिरहेका छैनौँ ।’

उनीहरु नेपालमै रहँदा भारतबाट पछिल्लो समय आएका अन्य व्यक्तिबाट संक्रमित भएको पनि हुन सक्ने र उनीहरु नै यसबीचमा भारत गएर संक्रमित भएको तथा यसरी भारत गएको कुरा उनीहरुले लुकाएको पनि हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतको आशंका छ । रातोपाटीबाट सेयर गरिएको ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार