होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सेती प्रादेशिक अस्पतालबाट कोभिड (१९) को स्वाब परिक्षण सुरु
देश/प्रदेश

सेती प्रादेशिक अस्पतालबाट कोभिड (१९) को स्वाब परिक्षण सुरु

  • नागरिक रैबार
सेती प्रादेशिक अस्पतालबाट कोभिड (१९) को स्वाब परिक्षण सुरु

गगन अयडी/धनगढी २० चैत। सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना प्रयोगशाला नमुना परिक्षण आज बाट सुरु गरिएको छ । संघीय स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले सेती अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा कोरोनाका सम्भावित तथा शंकास्पद लक्षण भएका व्यक्तिहरुको थ्रोट स्बावको नमुना परिक्षण थालिएको बताए ।

प्रयोगशालाका उपकरण जडान, संकलित नमुनालाई सुरक्षित राख्न बायो सेफ्टी तयार पारेपछि अहिले साढे पाँच वजेवाट नमुना परिक्षणको कामलाई अगाडी बढाइरहेका बढाउने लेखकल जानकारी दिनुभयो ।

विज्ञापन

सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईदै आएको थियो। जसले गर्दा परिक्षणमा ढिलाई हुने गरेको थियो ।

अब सेतीमै परिक्षण सुरु भएपछि सहज हुने भउको छ । अहिले जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार