होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणीका निमित्त प्रमुख प्रशासकिय अधिकृतद्धारा राजिनामा
देश/प्रदेश

त्रिवेणीका निमित्त प्रमुख प्रशासकिय अधिकृतद्धारा राजिनामा

  • नागरिक रैबार
त्रिवेणीका निमित्त प्रमुख प्रशासकिय अधिकृतद्धारा राजिनामा

रामबहादुर वि.क./ बाजुरा ७ बैशाख। त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साँउदले सेवाबाट राजिनामा दिएका छन् ।संकटको बेलामा नगरपालिकाले राहत वितरण गर्दा प्रशासनिक रुपमा कार्यकारी प्रमुखको सल्लाह विपरीत जनप्रतिनिधीहरले मनोमानी गरेको भन्दै साँउदले राजिनामा दिएको बताएका छन् ।

यद्यपी साँउदले आफ्नो स्वच्छिक अवकास लिने समय आउन ३÷४ महिना मात्र बाँकि रहेका बेला नगरपालिकामा नियम बाँझिने गरी काम गर्न दवाव आउन थालेको महशुस गर्दै आफुले राजिनामा दिएको साँउदले बताएका हुन् ।

यता नगरपालिकाका जनप्रतिनिधीहरु भने निमित्त कार्यकारी साँउदले विगत देखि गदै आएका गतिविधीहरुमा सन्तुष्ट देखिदैनन् । साँउदले आफु अनुकुल समयमा प्रसासनीक रुपमा पनि मानोमानी गर्ने गरेको जनप्रतिनिधीहरु बताउँछन् । त्रिवेणी नगरपालिकामा निमित्त कार्यकारी प्रमुख साँउद र जनप्रतिनिधीहरु बिच लामो समय देखि आन्तरिक रुपमा विवाद रहेकोे बुझिएकोे छ ।

विज्ञापन

यता त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले साउदले राजीनामा दिएको भन्ने बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । रावलले भन्नुभयो “ लिखित रुपमा कुनै जानकारी नै छैन यसमा हामिले केहि भन्न मिल्दैन ” राजीनामा दिनै पर्ने भएपनि यो संकटको वेलामा नगरपालिकालाई अप्ठेरो पार्न नहुने रावलको भनाइ रहेको छ ।

निमित्त कार्यकारी प्रमुख साँउदले भने बैसाख १ गते नै नगरपालिकामा राजिनामा पत्र दर्ता गराएको र सामान्य प्रसासन मन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा समेत बोधार्थ पठाएको बताउनु भयो । लकडाउनको अवधी भएकाले राजिनामा स्वीकृत हुन बाँकी रहेको साउदको भनाई छ ।

नगरपालिकाका प्रवक्ता मिनबहादुर भण्डारीका अनुसार नि कार्यकारीको राजिनामाका विषयमा नगरपालिकामा छलफल गरिने बताउनु भएको छ । नगरपालिका संकटको बेलामा साँदलाई नै केहि समय सम्मका लागि फकाएर भएपनि नगरपालिकाको दैनिक कार्य सुचारु गराउने मनस्थितिमा रहेको जानकारी प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार