होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • बडीमालिकाको एम्वुलेन्सले लकडाउनमा यात्रु बोकेपछि..
पत्रपत्रिका

बडीमालिकाको एम्वुलेन्सले लकडाउनमा यात्रु बोकेपछि..

  • नागरिक रैबार
बडीमालिकाको एम्वुलेन्सले लकडाउनमा यात्रु बोकेपछि..

नागरिक रैबार/बाजुरा ४ बैशाख। जिल्लाको बडीमालिका नगरपालिकाको से १ झ २५९ नम्बरको एम्बुलेन्सले पनि लकडाउनकाे समयमा ४ जना यात्रु बोकेको पाईएको छ ।

धनगढीबाट बाजुरा आउने क्रममा एम्वुलेन्सले विभिन्न स्थानबाट ४ जना यात्रु सहित बोकेको हो । एम्वुलेन्समा सवार चालकसहित ३ जना बाजुराकै हुन भने २ जना हुम्ला जिल्लाको सिजाका रहेका छन् । विहिबार दिउसो मात्रै सदरमुकाम मार्तडी पुगेको एम्वुलेन्स र चालकसहित ४ जनालाई मालिका माविको क्वारेन्टानइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा पछिल्लो समयमा एम्बुलेन्समा खाद्यन्न बोक्ने गाडिमा लुकिछिपि जिल्ला बाहिर बाट बाजुरा आउने क्रम रोकिएको छैन् ।एक दिन अघि मात्रै लकडाउनको समयमा स्वामीकार्तिक गाउँपालिकाको एम्बुलेन्सले पनि नेपालगंजबाट ६ जना यात्रुहरु बोकेर बाजुरा आएको थियो ।

विज्ञापन

यसरी लकडाउनको समयमा पनि जिल्ला बाहिरबाट लुकी छिपि जिल्ला भित्र प्रवेश गर्ने क्रम नरोकिएपछि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार