होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यस्तो रहनेछ आगामी ३ दिनको मौसम, आज चट्याङसहित वर्षाको सम्भावना
देश/प्रदेश

यस्तो रहनेछ आगामी ३ दिनको मौसम, आज चट्याङसहित वर्षाको सम्भावना

  • नागरिक रैबार
यस्तो रहनेछ आगामी ३ दिनको मौसम, आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार पहाडी भूभागमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले बिहान देशको पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभाग आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहेको छ। यस्तै मध्य भूभागमा हल्का वर्षा भैरहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने छ भने  देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

विज्ञापन

यस्तै राति देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आँशिक बदली  रहने छ भने मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली  रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

राती  देशको पूर्वी भूभाग र मध्य तथा पश्चिमका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आँशिक बदली  रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भूभागका  एक दुइ स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी बिहीबार  देशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी राति देशको पश्चिमी पहाडी भूभागमा आँशिक बदली र मध्य तथा पूर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भूभागमका एक दुइ स्थानमा दिउँसो र राति मेघगर्जन तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार