होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सत्ता पक्ष र विपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई सवारी साधनको सुविधा दिन ऐन संशोधन गर्दैछ । त्यसका लागि सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विद्येयक ल्याएको छ । आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आइतबार बसेको प्रदेशसभाको बैठकमा उक्त संशोधन विद्येयक टेबल […]
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेसँगै थप अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आउँदै छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा रुपन्देहीमा सहायक कार्यालयमात्रै भएको तथ्य प्रकाशमा आएकाले मुख्य कार्यालय खोजीका लागि सो कार्यालयबाट नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्ने भएको हाे । यसका लागि सीआईबीको टोलीले […]
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको हो । समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि […]
दार्चुला — दार्चुला सदरमुकाम खलंगा बजार र सीमावर्ती भारतको धारचुला बजारमा भारी बोक्ने अधिकांश ग्रामीण भेगका महिला कामदार भेटिन्छन् । घरको कमजोर आर्थिक अवस्था भएका महिलाहरू नेपाल र भारत वारिपारि भारी ओसारेरै घरखर्च चलाउँदै आएका छन् । सामान्य खेतीपातीबाहेक वैकल्पिक रोजगारी नभएपछि उनीहरू भारी बोकेर घरखर्चसँगै बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन् । गाउॅका पाखोबारीबाट वर्षभरिलाई खान नपुग्ने भएपछि […]
धनगढी: के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ? वा, हामीले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं। स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस (उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी […]
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गम्भीर घाइते वा विरामी भई विभिन्न देशका विभिन्न अस्पतालमा सघन उपचार गराइरहेका नेपालीहरुको स्थिति बुझ्न सरकारले कार्यदल गठन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले त्यस्ता श्रमिकहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न मन्त्रीस्तरीय निर्णयबाट एक कार्यदल गठनका निम्ति निर्देशन दिएका छन्। तीन सदस्यीय […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधा तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् । देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो । ६ कार्यकाल प्रधानमन्त्री बनेका उनले […]
काठमाडौं । नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको […]
वीरेन्द्र भट्ट धनगढीः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका १८ कार्यालयले अनुदान कार्यक्रम शिर्षकमा १ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ खर्च गरे। तर अनुदान कार्यक्रमको झण्डै आधाभन्दा बढी रकम कृषि उपकरण, बीउ, तरकारी, फलफूल खेती, उन्नत चौपाया लगायत शिर्षकमा अनुदान नीति र कानुनविपरीत खर्च भयो। संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायत […]
पोखरा महानगरपालिकाका मेयर (प्रमुख) धनराज आचार्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा समेटिएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय […]
असार मसान्तसम्म पेस गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेस गरी अद्यावधिक […]
काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए […]
धनगढीः १४ वर्षकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान छुटेका छन्। उनी २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन्। वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो। वडाध्यक्ष रिहा भए पनि किशोरी भने […]
काठमाडौं । परराष्ट्र मन्त्रालयले सरकारद्वारा प्रस्ताव भएका २० देशका राजदूतहरूमध्ये १६ वटा देशका लाग एग्रिमो आइपुगेको र चारवटाको बाँकी रहेको जनाएको छ । मन्त्रालयद्वारा बुधबार आयोजति नयिमति पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त जानकारी दिएकी हुन् । ‘सरकारले प्रस्ताव गरेकामध्ये १६ मुलुकबाट एग्रिमो प्राप्त भइसकेको छ। जसमध्ये १३ वटामा नियुक्ति नै भइसक्यो,’ उनले भनिन्, ‘३ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । ‘परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने सेतोपाटीलाई बताए। ‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ ।आयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ । सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको […]
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रहेकामा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा सङ्क्रमण […]
धनगढीः सुदूरपश्चिममा राजमार्गहरु अवरुद्ध भइरहेका छन्। वर्षापछि प्रदेशका केही राजमार्गहरु अवरुद्ध भएका हुन्। अहिलेसम्म बझाङ, बैतडी र दुर्चाला जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो। भने, बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। दार्चुलाको शैल्यशिखरमा पर्ने […]
काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम […]