होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेकपा एस बाजुराले गर्यो १४ औं बैठकको निर्णयहरु सार्वजनिक
समाज

नेकपा एस बाजुराले गर्यो १४ औं बैठकको निर्णयहरु सार्वजनिक

  • नागरिक रैबार
नेकपा एस बाजुराले गर्यो १४ औं बैठकको निर्णयहरु सार्वजनिक

नागरिक रैबार/बाजुरा २९ जेठ।नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी बाजुराले जेठ २४ गते सुदूरपश्चिम प्रदेशको संगम स्थल खप्तडमा बसेको पार्टीको १४ औं बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

खप्तड क्षेत्रको पहिचान र प्रर्वद्धन गर्न पार्टीको १४ औं बैठक खप्तडमा बसेको नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावतले मार्तडीमा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रथम खप्तड आध्यात्मिक सम्मेलनको अवसर पारेर पार्टीको उक्त बैंठक खप्तडमा आयोजना गरिएको अध्यक्ष रावतले बताएका हुन् । खप्तड पर्यटकिय क्षेत्रलाई राष्टिय स्तर सम्म पहिचान गर्न, सुदूरको संभावनाको पहिचान गर्न, धार्मीक पर्यटनलाई सुदूरको अर्थतन्त्रसँग जोड्न र पर्यटीय गन्तव्यको प्रमुख केन्द्र बनाउने र सो क्षेत्रको उजागर गर्नका लागी नेकपा एस बाजुराको १४ औं बैंठक खप्तडमा बसेको अध्यक्ष रावतको भनाई छ ।

विज्ञापन

No description available.

खप्तडमा बसेको बैंठकको बिषयमा आईतबार पत्रकार सम्मेलन मार्फत निणर्यहरु सार्वजनिक गर्दै पार्टीले विशेष गर खप्तड राष्ट्रिय निकुञ्जको पर्यटकिय क्षेत्रको प्रवद्धन गर्न र यस क्षेत्रलाई आम्दानिको स्रोत कसरी बनाउन सकिन्छ भन्ने मुल उद्देश्यका साथ पार्टीको १४ औँ बैंठक खप्तडमा बसेको अध्यक्ष पुर बहादुर रावतले बताएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष रावतले भने खप्तड क्षेत्रको जल, जमिन, त्यहाँको सौन्दर्य र उक्त क्षेत्रको जडिबुटी उपभोग गर्न नसकिएको र खप्तड राष्ट्रिय निकुञ्जको नेपाली सेनाको व्यारेकको मध्ये भाग बाजुराको सिमानामा भएपनि खप्तडलाई बाजुराको सिमानामा ल्याउन नसक्नु दुखको विषय भएको अध्यक्ष रावतले बताएका थिए । नेकपा एस बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार