होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य परीक्षणका लागि देउवा आज सिंगापुर प्रस्थान गर्दै
समाचार

स्वास्थ्य परीक्षणका लागि देउवा आज सिंगापुर प्रस्थान गर्दै

  • नागरिक रैबार
स्वास्थ्य परीक्षणका लागि देउवा आज सिंगापुर प्रस्थान गर्दै
file photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज जोशीले बताए ।

जोशीले भने, ‘उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ, अहिले पनि फलोअपमा जान लाग्नुभएको हो । पहिले नै जानुपर्ने थियो । व्यस्तताले जान पाउनु भएको थिएन ।’

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन्।यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ । यसअघि २०७६ जेष्ठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए ।

विज्ञापन

रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै