होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनले भन्यो–नेपालमा चीन विरोधी गतिविधि नहोस्
समाचार

चीनले भन्यो–नेपालमा चीन विरोधी गतिविधि नहोस्

  • नागरिक रैबार
चीनले भन्यो–नेपालमा चीन विरोधी गतिविधि नहोस्

चीन । चीनले नेपालमा चीन विरोधी गतिविधि नहोस् भनेर अनुरोध गरेको छ ।चिनियाँ जन राजनीतिक परामर्श दातृ सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हु निङ र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच मंगलबार बेइजिङगमा भएको भेटमा चिनियाँ पक्षले यस्तो अनुरोध गरेको हो । अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा आएको नेपाली टोलीलाई अध्यक्ष वाङले भने, ‘नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना छ ।’

अध्यक्ष वाङले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताए । उनले भने, चीन छिमेकी देशहरुसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ ।’चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिम (जीसीआई)मा नेपालको तर्फबाट सहभागी बारेमा पनि छलफल गरेको छ ।

चीनले क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि विभिन्न देशहरुसँग सहकार्य गर्ने योजना अगाडि बढाएको छ ।भेटमा अध्यक्ष तिमिल्सिनाले चिनियाँ पक्षलाई चीन नेपालका स्थलमार्ग र हवाईमार्ग दुवै सुचारु गर्न आग्रह गरेका छन् ।

विज्ञापन

‘चिनियाँहरुको चासो राजनीतिभन्दा बढी विकास र आर्थिक गतिविधि सञ्चालन गर्ने विषयमा छ’, अध्यक्ष तिमल्सिनाले रातोपार्टीसँग भने, ‘नेपाल एक चीन नीति प्रति प्रतिबद्ध छ, हामी चीनसँग आर्थिक विकास र पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौँ भन्ने कुरामा जोड दिए ।’

अध्यक्ष तिमल्सिनाले यस विषयमा चिनियाँ पक्ष निकै सकारात्मक रहेको बताए । नेपालसँग जोडिएका नाका र व्यापारिक गतिविधि हुने नाकाहरु पनि सञ्चालनमा आउने उनले बताए । भेटमा नेपाल चीनबीचको रेलमार्ग, बन्दरगाह र पावर ग्रिडजस्ता परियोजनाहरु अगाडि बढाउनका लागि ‘बेल्ट एण्ड रोड’ विआरआई परियोजना कसरी अगाडि बढाउने बारेमा समेत छलफल भएको छ । नेपाल र चीनबीच सो परियोजनामा सन् २०१७ मा दुई देशबीच हस्ताक्षर भएको थियो । नेपालको तर्फबाट नौं वटा परिरियोजना विआरआई मार्फत अगाडि बढाउने चीन र नेपालबीच सहमति भएको छ । चीनको स्वशासित क्षेत्र तिवब्तमा आगामी जुन १६ र १७ मा हुने पाचौं चिनियाँ तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा प्रमुख अतिथिका लागि चीनले अध्यक्ष तिमिल्सिनालाई निमन्त्रणा समेत गरेको छ ।

सो कार्यक्रममा सहभागी हुनुअघि अध्यक्ष टोली बेइजिङ र संघाईको भ्रमणमा आएको हो । मंगलबार औद्योगिक सहर संघाई महानगरपालिकाका प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ । बुधबार संघाईका पर्यटकीय र औद्योगिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि मंगलबार नेपाली टोलीले वेङजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा गत शनिबार नेपालबाट चीन आएको टोलीमा प्रतिनिधिसभाका सदस्यहरु जीवन परियार, धवल शमशेर राणा, प्रदीप यादव, तथा राष्ट्रियसभा सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी रहेका छन् । टोलीमा अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि सहभागी रहेका छन् । राताेपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार