होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन् । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए । ‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ’ उनले भने, ‘(जसपाबाट) अलग भए […]
धनगढीः कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका हुन्। कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका छन्।मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द […]
काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको ग्रीन क्लाइमेट फन्ड (जीसीएफ)ले दुई करोड ११ लाख २० हजार डलर (करिब दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदान दिन लागेको हो । यसबा लागि दुई निकायबीच सम्झौता भइसकेको केन्द्रका प्रवक्ता […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷८९ का लागि कुल ३१ अर्ब ४७ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो। चालुतर्फ १२ अर्ब ५७ करोड ३५ लाख तथा पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख गरिएको हो। तर, चालु र पुँजीगत गरी ६६ दशमलम ७६ प्रतिशत मात्र बजेट कार्यान्वयन भएको छ। चालुतर्फ ७२ दशमलव ३२ […]
काठमाडौं । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ । यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । बैठकले आगामी प्रतिनिधि र प्रदेश […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । प्रदेश सरकारले वार्षिक कुल बिनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले […]
काठमाडौं । ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ । एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, […]
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती पनि गण्डकी, […]
पश्चिम नवलपरासी — खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् । लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद […]
नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सांसद आलेमगरले गलत हल्ला फैलाउने कार्य भएको भन्दै आक्रोश पोखे । उनले त्यस्तो हल्ला फैलाउनेलाई साइबर स्यालको संज्ञा पनि दिए । । सोमबार राष्ट्रियसभा बैठकमा […]
२ साउन, विराटनगर । प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन […]
राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्त्विक महत्वका स्थानहरु मिलाएर पुरातात्विक शहरको निर्माणका लागि अभियान चलाउने भएको छ । जनमोर्चाले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाहरुका प्राचीन र बौद्ध महत्वका ऐतिहासिक र पुरातात्त्विक स्थानहरुको उत्खनन् एवं सम्वर्द्धन गरेर बृहत्तर बौद्ध पुरातात्त्विक शहरको निर्माणको लागि अभियान चलाउने भएको हो । अभियान अन्र्तगत सो पार्टीले सन्दर्भ सामाग्रीहरु समावेश गरेर पुस्तिका […]
नागरिक रैबार /बाजुरा २ साउन । बाजुराको सदरमुकाम मार्तडीमा रहेका २ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सूरु भएको छ । राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी तालिम आईतबारबाट बाजुरको मार्तडीमा सूरु गरिएको हो । सदरमुकाम मार्तडीको मालिका नमुना माविका ३६ र क्रियटर जोन एकेडेमीका ३६ गरि ७२ जना छात्रछात्रलाई राष्ट्रिय सेवा […]
काठमाडौं । स्थानीय तहको चुनावबाट नयाँ जनप्रतिनिधि आएपछि दर्जनौं स्थानीय तहमा कर्मचारीबारे विवाद चर्किएको छ । करार र ज्यालादरीमा भर्ना भएका कयौं कर्मचारीहरुलाई साउन १ देखि हाजीर नगर्न/नगराउन स्थानीय तहहरुले सूचना जारी गरेका छन् । आफूखुसी कर्मचारी भर्ना गर्ने र आफूखुसी हटाउने कार्यले नयाँ आर्थिक वर्षको सुरुवातमै धेरै स्थानीय तहमा सेवा प्रवाह बिथोलिएको छ । […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो । बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार […]
काठमाडौं । ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा भोली ( सोमबार) बाट खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो । सोमबारदेखि साउन ८ गतेसम्म […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको जनाए । ‘नतिजा प्रकाशनको लागि अन्तिम/अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो […]
धनगढीः धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ। युवा व्यवसायी विष्णु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। ग्राहकहरूलाई सस्तो, सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए। उनले सो रेस्टुरेन्टमा इन्डियन चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको बताए। जम्मा सय रुपियाँमा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ। […]