होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १५ असाेज। विजया दशमी तथा शुभ–दिपावलीको अवसर पारि बडीमालिका कप खुला भलिवल प्रतियोगिता हुने भएको छ ।सुन्दर नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त प्रतियोगिता संचालक हुन लागेको हो । आयोजकले दाेस्रो पदम खत्री स्मृति तथा बडीमालिका कप खुला भलिवल प्रतियोगिताको नाममा प्रतियोगिता गर्न लागेकाे हाे । उक्त प्रतियोगिताको आर्थिक सहयोग […]
काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो […]
काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपाल आज (शनिबार) दोस्रो खेलमा आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको नेपाल आयोजकसँग जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ । नेपाल […]
८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त […]
६ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८७ औं मिनेटमा भने लियोनको कमजोर डिफेन्सको […]
काठमाडाैं : टी–२० सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। सिंगापुर र ओमानमा हुन लागेको टी–२०क्रिकेट सिरिजका लागि नेपालले बुधाबार १५ सदस्यको टिम घोषणा गरेको हो। नेपालले सिंगापुरमा घरेलु टिमसहित जिम्बाब्वेविरुद्ध सिरिज खेल्दै छ भने त्यसपछि आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनासँगको सिरिज खेल्ने भएको छ। प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल फर्किएपछि नेपाली टिमको घोषणा गरिएको हो। […]
एजेन्सी : च्यापियन्स लिग फुटबलको यस सिजनको पहिलो खेलमै साविक विजेता लिभरपुल पराजित भएको छ । ग्रुप ई मा रहेको लिभरपुल इटालियन क्लब नापोलीसँग २–० ले पराजित भएको हो। नापोलीको घरेलु मैदानमा भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । तर खेलको अनितमतिर नापोलीले दुई गोल गर्दा लिभरपुल स्तब्ध बन्यो । लिभरपुलका डिफेन्डर एन्ड्रिउ रोबर्टसनले डिबक्सभित्र जोसे कालेहनलाई […]
जर्मन : यस सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । यसै खेलबाट बार्सिलोनाका कप्तानसमेत रहेका मेसी यस सिजनका लागि पहिलो पटक टोलीमा समभागी भएका थिए । बोरुसियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने थुप्रै अवसर बनाए पनि […]
२६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न यही भदौ २८ गते निर्वाचन हुने भएको छ । सर्वोच्चले निर्वाचनको बाटो खोलिदिएपछि भदौ २८ गते बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा निर्वाचन हुने जानकारी दिए […]
काठमाडौं– यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा श्री नं. १६ बाहिनी अड्डा प्रथम भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा श्री मध्य पृतना हेड क्वा. दोस्रो हुँदा उपत्यका पृतना हे.क्वा. तेस्रो भयो । प्रतियोगिताका विजेता पृतना तथा बाहिनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले नगद तथा ट्रफी प्रदान गरे । प्रतियोगिताअन्तर्गत फुटबलतर्फ जगदल गणले […]
एजेन्सी –सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि शानदार जित निकालेको छ । लिथुआनियामा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल सहयोगमा पोर्चुगलले घरेलु टोलीमाथि ५–१ को सानदार जित निकालेको हो । घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो […]
काठमाडौं, भदौ २४ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको फराकिलो लक्ष्य दिएको छ । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको […]
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशले टस जितेर पहिला ब्याटिङको निम्ता दिएपछि ब्याटिङ गरेको नेपाल यू–१९ टोलीले बंगलादेशलाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ। ५० ओभरमा ८ विकेट गुमाउँदै नेपाली युवा टोलीले २६१ रन बनाएको हो ।सुरुमा सुस्त ब्याटिङ गरिरहेका […]
कोलम्बो : श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले आफ्नो क्रिकेट करियरमा दोस्रो पटक चार बलमा लगातार ४ विकेट लिन सफल भएका छन्। शुक्रबार न्युजिल्याण्डविरुद्ध टी–२० सिरिजको तेस्रो खेलका क्रममा मालिंगाले टी–२० क्रिकेटकै दुर्लभ प्रदर्शन गरे। यसअघिका दुई टी–२० खेलमा पराजित भई सिरिज भ्रमण टोली न्युजिल्याण्डलाई सुम्पिसकेको श्रीलंकाले तेस्रो खेलमा पनि ब्याटिङतर्फ खराब प्रदर्शन जारी राख्यो। टस […]
काठमाडौं : एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ । बिहीबार टेस्ट मान्यता प्राप्त श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा नौ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । नेपालका लागि ओपनर रीत गौतमले अर्धशतकीय […]
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। बिहीबार राति भएको खेलमा कुवेतसँग भएको समूह चरणको पहिलो खेलमा नेपालले ७-० को हार व्यहोरेको हो । नेपालविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको कुवेतले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको हो । ६ मिनेटमै […]
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ। लामो तयारी गरेर कुबेत गएको नेपालले कुबेतलाई रोक्ने योजना बनाएको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुबेतसँग राम्रो प्रदर्शन गर्न खेलाडी तयार रहेको बताए। ‘कुबेत बलियो टोली हो। घरेलु मैदानको साथ उसलाई छ। हामीले कुबेतलाई […]
काठमाडौं : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। प्रशिक्षक योहान कालिनले यसअघिका कप्तान विराज महर्जनलाई टोलीमा समावेश गरेका छैनन्। विराज हालै मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्। प्रशिक्षक कालिनले घोषणा गरेको टोलीको गोलरक्षकमा किरण […]
काठमाण्डौं, सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारीक लोगो सार्वजनिक गरिएको छ । मिडिल इस्टको संस्कृति र प्रकृतिलाई प्रतिनिधित्व गरेर बनाइएको लोगोलाई कतार विश्वकप आयोजकले एक कार्यक्रमकाबिच सार्वजनिक गरेका हुन् । यो लोगोले कतार विश्वकपले कसरी विश्वलाई समेटेको छ भन्ने देखाउँछ । लोगोमा मिडिल इस्टको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ । यसका […]
काठमाडौं : नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि महिला भलिबलतर्फ १८ खेलाडी दोस्रो चरणको छनोटमा परेका छन् । यसअघि प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १८ खेलाडीको प्रारम्भिक सूची तयार पारिएको हो । सात खेलाडी बाहिरिएका छन् । बाहिरिनेमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवरमगर, […]